arrow

युक्रेनको दोनबासमा रुसद्वारा ‘दोस्रो चरणको युद्धको शुरुवात’

logo
एजेन्सी 
प्रकाशित २०७९ वैशाख ६ मंगलबार
ukraine-donbas.jpg
फाइल तस्बिर

किभ। रुसी सेनाले पूर्वी युक्रेनमा ठुलो हमला गरेको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दोनबासमा रुसी सेनाले अनुमान गरेभन्दा ठुलो हमला गरेको बताएका छन्। रुसी सेनाको डटेर प्रतिकार गर्ने राष्ट्रपति जेलेन्स्कीले बताएका छन्।

दोनबासमा रुसले ठुलो सङ्ख्यामा सेनाहरू परिचालन गरेको छ। दोनबासमा थालिएको हमला ‘दोस्रो चरणको युद्धको सुरुवात’ भएको जेलेन्स्कीका प्रमुख सहयोगीले बताएका छन्। 

युक्रेनको राष्ट्रपति कार्यालयका चिफ अफ स्टाफले दोस्रो चरणको युद्ध सुरु भएको बताएका छन्। पूर्वी युक्रेनमा रुसले गरेको नयाँ आक्रमणलाई सङ्केत गर्दै उनले युक्रेनमा दोस्रो चरणको युद्ध भएको बताएका हुन्। यसअघि युक्रेनका शीर्ष सुरक्षा अधिकारीहरूले रसियाले सोमबार बिहान आफ्नो नयाँ आक्रमण सुरु गरेको बताएका थिए।

‘हाम्रो सेनामा विश्वास गर्नुहोस्। यो धेरै बलियो छ’, चिफ अफ स्टाफ एन्ड्री यर्माकले भने। युक्रेनी सेनाले रुसी हमलाको प्रतिकार गर्न सक्ने उनले बताए। रुसले सोमबार युक्रेनका मुख्य सहरहरूमा मिसाइल प्रहार र गोलाबारी गरेको थियो।  ती हमलाहरूमा कम्तीमा ९ जना मारिएका छन् भने कहीँ घाइते भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ