arrow

युक्रेनमाथिको आक्रमण रुसले रोक्नुपर्ने पक्षमा पाकिस्तानी सेना प्रमुख

logo
एजेन्सी,
प्रकाशित २०७९ वैशाख ६ मंगलबार
pakistan-army-chief-bajwa.jpg
फाइल तस्बिर

इस्लामावाद। पाकिस्तानी सेना प्रमुख (सीओएएस) जनरल कमर बाजवाले शनिवार युक्रेनमा रुसको आक्रमणलाई  'तुरुन्तै रोकिनुपर्ने' र यसलाई ठुलो त्रासदीपूर्ण रूपमा लिन नहुने बताएका छन्।

इस्लामाबाद सुरक्षा संवादमा बोल्दै जनरल बाजवाले द्वन्द्वमा पाकिस्तानको गम्भीर चासो व्यक्त गरे र 'रुसको वैध सुरक्षा चिन्ताको बाबजुद, सानो देशविरुद्धको आक्रामकतालाई माफ गर्न नसकिने बताएका छन्।

'पाकिस्तानले लगातार युद्ध विराम र शत्रुताको अन्त्यको लागि आह्वान गरेको छ। हामी द्वन्द्वको दिगो समाधान खोज्न सबै पक्षहरू बीचको तत्काल वार्तालाई समर्थन गर्छौँ,' उनले थपे।

उनले युक्रेनमा रुसको आक्रमण निकै दुर्भाग्यपूर्ण भएको बताए। उनले भने, 'हजारौँ मानिस मारिएका छन्, लाखौँ शरणार्थी बन्न बाध्य भएको छन् र आधा युक्रेन ध्वस्त भएको छ।' 

सेना प्रमुखले द्वन्द्वले साना देशहरूलाई उपकरणको छनोटपूर्ण आधुनिकीकरण गरेर ठुला देशको आक्रामकता विरुद्ध फुर्तिलो बलसहित आफ्नो क्षेत्रको रक्षा गर्न सक्ने आशा दिएकोसमेत बताए।

उनले युक्रेनको स्वतन्त्रतादेखि नै पाकिस्तानसँग उत्कृष्ट रक्षा र आर्थिक सम्बन्ध रहेको तर रुससँगको सम्बन्ध धेरै कारणले लामो समयदेखि 'चिसिएको' समेत बताएका छन्। 

पाकिस्तानले पाकिस्तान वायुसेना (पीएएफ) विमानहरू मार्फत युक्रेनमा मानवीय सहायता पठाएको र यो क्रम जारी रहनेसमेत बताएका छन्। उनले द्वन्द्वको निरन्तरता वा विस्तारले कुनै पनि पक्षको हितमा काम नगर्ने उल्लेख गर्दै कम्तीमा सबै विकासोन्मुख देशहरूले द्वन्द्वको सामाजिक-आर्थिक लागतको सामना गरिरहने बताए।

जनरल बाजवाले त्यहाँ अन्तर्राष्ट्रिय रूपमा दुई वटा शिविरहरू रहेको र प्रतिस्पर्धाको वकालत गर्नेहरू र सहयोगको वकालत गर्नेहरू नै सुरक्षाको भविष्यको दृष्टिकोण कुन क्याम्पको विजयको आधारमा तय हुने बताइएको छ। 'मलाई विश्वास छ कि आजको संसार विभाजन, युद्ध र प्रभुत्वको सट्टा सहयोग, सम्मान र समानतामा विश्वास गर्नेहरूले निर्माण गरेको हो।'

शक्ति केन्द्रहरूबीचको प्रतिस्पर्धाको सट्टा सहयोगलाई प्रवर्द्धन गर्दा मात्रै पाकिस्तानको हित पूरा भएको बताउँदै उनले यसबाट फाइदा लिन नभई पाकिस्तानजस्ता मुलुकलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रहसमेत गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ