arrow

रुसी विदेशमन्त्रीले भने- युक्रेनमा नयाँ चरणको आक्रमण शुरु भयाे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ६ मंगलबार
sergey-lavrov-russia.png

काठमाडौं । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले मस्कोले युक्रेनमा आफ्नो विशेष सैन्य कारबाहीको नयाँ चरण शुरु गरिरहेको बताएका छन् । आफूले यसअघि नै भनिसके अनुसार युक्रेनमाथिको रुसी आक्रमणको नयाँ चरण शुरु भएको उनले मंगलबार बताएका हुन् ।

‘यस अपरेशनको अर्को चरण (पूर्वी युक्रेनमा) शुरु हुँदैछ र यो पूरै विशेष अपरेशनको महत्त्वपूर्ण बेला हुनेमा म पक्का छु’ लाभरोभले इन्डिया टुडे टीभी च्यानलसँगको अन्तर्वार्तामा बोल्दै भनेका हुन् ।

यस्तै मास्कोले आफ्नो सेनाले युक्रेनका डोनबास क्षेत्रका १२ सय भन्दा बढी स्थानहरुमा एकै रातमा आक्रमण गरेको बताएको छ । यसबीच रुसी सेनाले युक्रेनको पूर्वी लुहान्स्क क्षेत्रको क्रेमिना सहरलाई आफ्नो नियन्त्रणमा लिएको त्यहाँका गभर्नरले बताएका छन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ