arrow

युरोपमा विश्वयुद्धपछिकै ठूलो शरणार्थी संकट, ५० लाख युक्रेनी विस्थापित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ७ बुधबार
ukraine-children-refugees.jpg
तस्बिर– फाइल

काठमाडौं । रुसी हमलाका कारण करिब ५० लाख युक्रेनीले देश छाडेका राष्ट्रसंघले जनाएको छ । शरणार्थीसम्बन्धी राष्ट्रसंघीय निकाय यूएनएचसीआरका अनुसार २४ फेब्रुवरीमा रुसले युक्रेनमाथि हमला शुरु गरेपछि ४९ लाख ८० हजार ५८९ युक्रेनीले देश  छाडेका छन् ।

उनीहरु युरोपका विभिन्न देशमा शरणार्थी बनेका छन् । आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय संगठन आईओएमका अनुसार विभिन्न देशबाट युक्रेन पुगेका तेस्रो देशका २ लाख १५ हजार नागरिकले पनि युक्रेन छाडेका छन् । तीमध्ये अधिकांश विद्यार्थी र आप्रवासी मजदूर हुन् । 

अधिकारीहरुले यसलाई युरोपमा विश्वयुद्धपछिकै ठूलो शरणार्थी संकट बताएका छन् । रुसी हमलामा लाखौँ युक्रेनी देशभित्रै पनि विस्थापित भएका छन् । 

युक्रेनमाथि दोस्रो चरणको हमला गरेको रुसले पछिल्ला दिनमा आफ्नो आक्रमण पूर्वतर्फ केन्द्रित गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ