arrow

कुरान जलाएपछि स्वीडेनमा दंगा : दर्जनौं घाइते, के हो कारण ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ७ बुधबार
sweden-riots.PNG

काठमाडौं । मुस्लिम पवित्र ग्रन्थलाई नियोजित ढंगले सार्वजनिक रूपमा जलाएको विरोध प्रदर्शनका क्रममा कम्तीमा ४० जना घाइते भएका छन् । थुप्रै दिनयता जारी दंगालाई नियन्त्रण गर्न प्रहरीले थप स्रोत साधनको माग गरेको छ ।

आप्रवासी विरोधी र इस्लाम विरोधी समूहका कट्टर डेनिस स्वीडेनी अति दक्षिणपन्थी नेता रासमुस पालुदानले जानी जानी नियोजित ढंगले मुस्लिम पवित्र ग्रन्थ जलाएको हो ।

आउँदो सेप्टेम्बरमा डेनमार्कको विधायी चुनाव अघि समर्थन जुटाउने लक्ष्यका साथ पालुदानले स्वीडेन टुरको घोषणा गरेका थिए ।

रमजानको पवित्र महिनामा कुरानको प्रतिहरू जलाउने उद्देश्यका साथ ठूलो मुस्लिम जनसंख्या भएका सहरमा भ्रमण गर्ने योजना उनले बनाएका थिए ।

मध्य स्विडेनी सहर ओरेब्रोमा शुक्रबार हिंसात्मक दंगा भड्किएको थियो ।  दक्षिणपन्थीसमुहमाथि आक्रमण गर्नुअघि प्रहरीमाथि आक्रमण गर्दै चार प्रहरी कारमा आगजनी गरेको बताइएको छ ।

सो क्रममा कम्तीमा चार प्रहरी अधिकारी र एक सर्वसाधारण घाइते भएको प्रहरीले जनाएको छ । प्रदर्शनकारीहरूले ढुङ्गा प्रहरी चौकीमा आक्रमण गरेका थिए ।

पालुदानले शुक्रबार कुरानको प्रतिलिपिमा आगो लगाएपछि स्टकहोमको उपनगर रिंकेबीमा पनि झडप भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

आइतवार, प्रहरीले लिङ्कोपिङ र नोर्कोपिङमा कम्तिमा ३४ जनालाई पक्राउ गरेको बताएको थियो । पालुदानका बुबा स्विडेनी नागरिक हुन् । पहिलो पटक २०१७ मा मुस्लिम विरोधी भिडियोहरू बनाउन थालेपछि उनी चर्चामा आएका थिए। 

मुस्लिम पवित्र पुस्तक जलाउने हर्कत देखाउँदै उनले डेनमार्कमा आफ्नो स्टन्टलाई सफल पारेका थिए ।

'शत्रु इस्लाम र मुस्लिम हो। सबैभन्दा राम्रो कुरा यो हो कि यदि यस पृथ्वीमा एक जना मुस्लिम पनि बाँकी नभएको भए हामी हाम्रो अन्तिम लक्ष्यमा पुग्न सक्ने थियौं,' उनले डिसेम्बर २०१८ को एक भिडियोमा भनेका थिए ।

पालुदानलाई डेनमार्कमा नस्लवादी भाषणको लागि २०१९ मा १४ दिनको जेल सजाय सुनाइएको थियो।

डेनीस पार्टीको पवित्र पुस्तक जलाउने योजनाविरुद्ध हिंसा भड्किएको यो पहिलो पटक होइन। २०२० मा स्वीडेनको माल्मोमा यस्तै प्रयासहरूविरुद्ध प्रदर्शनकारीहरुले कारमा आगजनी गरेका थिए। पालुदानकै नेतृत्व रहेको उक्त घटनापछि उनलाई दुई वर्षसम्म स्विडेन फर्कन प्रतिबन्ध लगाइएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ