arrow

गुडिरहेका बस एक आपसमा ठोक्किँदा २० जनाको मृत्यु

logo
सिन्ह्वा,
प्रकाशित २०७९ वैशाख ७ बुधबार
nigeria_violence.png

लागोस । नाइजेरियामा मङ्गलवार भएको सडक दुर्घटनामा परेर कम्तीमा पनि २० जनाको ज्यान गएको बताइएको छ । 

नाइजेरियाको उत्तर पश्चिमी राज्य बाउचीमा सडकमा गुडिरहेका बस एक आपसमा ठोक्किन पुग्दा यो दुर्घटना भएको थियो ।

सो दुर्घटनामा परेर २० जनाको ज्यान गएको र अरू केही घाइते भएका सो राज्यका प्रहरी प्रवक्ताले जानकारी दिएका छन् । प्रहरीका अनुसार ती दुवै सवारी साधनको गति उच्च भएका कारण दुर्घटना भएको थियो । 

उक्त क्षेत्रको सडकको अवस्था तथा सवारी साधनका चालकहरूले प्रायः उच्च गतिमा सवारी गुडाउने भएकाले यसअघि पनि बारम्बार दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ ।

नाइजेरियामा सडकको दुरावस्था, असुरक्षित ड्राइभिङका कारणले नै यहाँ प्रायः सडक दुर्घटना हुने गरेको प्रहरीको भनाई छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ