arrow

रुसीको घेरामा युक्रेनी सेना, 'हाम्रो अन्तिम दिन' भन्दै गरे सहयोगको याचना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ७ बुधबार
ukraine-attack-2022-02-10.jpg

काठमाडौं। मारिउपोलमा रुसी सेनासँग लडिरहेका युक्रेनी सेनाका कमाण्डरले आफूहरूको 'अन्तिम दिन या अन्तिम घण्टा हुनसक्ने' भन्दै विश्वमाझ सहयोगको याचना गरेका छन् ।

रुसी सेनाले मारिउपोलमा आफ्नो व्यापक उपस्थितिका साथ युक्रेनी सैनिकलाई घेरा हालेको छ । यसबीच रुसी सेनाले आत्मसमर्पण गर्न भन्दै अन्तिम चेतावनी समेत दिएको छ ।

'शत्रुको सङ्ख्या हामी भन्दा एक बराबर १० भन्दा पनि बढी छ,'  युक्रेनी सेनाको ३६ औं मरीन ब्रिगेडका कमाण्डर सेर्ही भोलिनाले बुधबार बिहान फेसबुक पोस्टमामार्फत भनेका छन् । उनले त्यहाँबाट निकासीको आग्रह गर्दै फेसबुकमा भिडियो सन्देश पोस्ट गरेका हुन् ।

सयौं नागरिकहरूले घेरामा परेको एक भूमिगत सुरुङहरू भएको विशाल प्लान्ट कारखानाको भित्र आश्रय लिएको विश्वास गरिएको छ ।

रुसी जानकारीका अनुसार करिब २,५०० युक्रेनी लडाकु र ४०० विदेशी भाडाका लडाकुहरू स्टिलवर्कहरूमा लुकेका छन् । जबकि युक्रेनी रिपोर्टहरूका अनुसार करिब १,००० नागरिकले त्यहाँ सुरक्षा खोजेको बताइएको छ।

मार्च १ मा नै रुसी सेनाले मारिउपोलमा घेराबन्दी गरिसकेको थियो । त्यहाँका शहर र बन्दरगाह हप्तौँ रूसी बम बारी र गोलाबारी भएको छ ।

रुसले मार्चको अन्तिम साताबाट पूर्वी युक्रेनमा आफ्नो फोकस सारेको थियो । किभ र छेउछाउका क्षेत्रहरूबाट आफ्नो सेना फिर्ता भएपछि मस्कोले युद्धको पहिलो चरण समाप्त भएको भन्दै अहिले दोस्रो चरण सुरु भएको घोषणा गर्दै पूर्वी युक्रेनमा आक्रमण तीव्र पारेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ