arrow

अष्ट्रेलियाले दुई शहरमा हटायो क्वारेन्टाइनमा बस्नुपर्ने नियम

logo
सिह्वा,
प्रकाशित २०७९ वैशाख ७ बुधबार
australia1.jpg

सिड्नी । अष्ट्रेलियाका अत्यधिक धेरै जनसङ्ख्या भएका दुई शहरमा क्वारेन्टाइनमा बस्नुपर्ने नियम हटाइएको छ । 

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार न्यु साउद वेल्स र भिक्टोरिया सहरमा सरकारले क्वारेन्टाइनसम्बन्धी नियम हटाएको हो ।

योसँगै अब चाँडै अन्य कडा प्रतिबन्धात्मक व्यवस्था पनि हट्ने अपेक्षा गरिएको छ । ती राज्यहरुमा यसअघि कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरु कम्तीमा सात दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको थियो ।  

यो नियमका कारण धेरै काम तथा व्यापार व्यवसायमा असर परेकाले समस्या भएको आवाज उठेपछि सरकारले हटाउने निर्णय गरेको हो । 

सङ्क्रमित भए पनि कुनै स्वास्थ्यमा समस्या नभएकाहरु पनि सात दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने नियमले कतिपय कार्यालयमा कर्मचारी व्यवस्थापनमा सबैभन्दा ठूलो समस्या भएको अधिकारीहरुले जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ