arrow

सेञ्चुरी बैंकको नयाँ शाखा माकलबारीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ७ बुधबार
PRESS MAKALBARI.JPG

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा बुधबारदेखि गोकर्णेश्र नगरपालिका वडा नं. ८ जोरपाटी माकलबारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

बैंकका संचालक समिति सदस्य मनबहादुर राईले माकलबारी शाखाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । उक्त कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, सञ्चालक प्राडा गीता प्रधान, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलगायत बैंक उच्च व्यवस्थापन समूह, स्थानीयबासीहरुको उपस्थिति रहेको थियो । 

माकलबारी शाखा संचालनमा आएपछि उपत्यकाभित्र बैंकको शाखा संख्या २७ पुगेको छ । २०७८ चैत मसान्तसम्ममा बैंकले रु ९२ अर्ब ९६ करोड निक्षेप संकलन र  कर्जा रु ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएकोछ । 

उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो । बैंक पहिलो पटक खुद मुनाफा रु. १ अर्ब कटाउन सफल भएको बैंकले जनाएको छ ।

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ  बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याइ बैंकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ । बैंकको कुल शाखा संख्या १३० पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।  


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ