arrow

युद्धको असरः रुसले निकाल्यो बेल्जियम र हल्याण्डका ३६ कूटनीतिज्ञ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ८ बिहिबार
reuters-photputin-o.PNG

काठमाडौं । रुसले युक्रेनमाथि गरेको आक्रामणले गर्दा विश्व उथलपुथल हुँदै गएको छ । जसका कारण अन्य देशहरु पनि मुछिएका छन् । सोही विषयलाई लिएर रुसले युरोपेली युनियनमा आबद्ध दुई राष्ट्रका ३६ कूटनीतिज्ञहरूलाई देश निकाला गरेको छ । 

युक्रेनमाथि रुसी हमलाको विरोधमा पश्चिमा देशहरूले रुसमाथि विभिन्न प्रतिबन्ध लगाइरहेका बेला मास्कोले पछिल्लो कदम चालेको हो । रुसी विदेश मन्त्रालयले २१ बेल्जियम र १५ हल्यान्ड्सका कूटनीतिज्ञहरूलाई ‘पर्सना नन ग्रेटा’ जारी गरेको छ । उनीहरूलाई देश छाड्न दुई साताको समय दिइएको छ ।

मास्कोले लक्जमवर्गका राजदूतलाई बोलाएर आफ्ना राजदूतलाई देश निकाला गरेको विषयमा विरोध जनाएको छ । त्यसको बदलामा लक्जमवर्गका राजदूतलाई देश निकालाको निर्णय गर्न सक्ने रुसले चेतावनी दिएको छ ।

युक्रेनमाथि रुसी हमलाको आलोचना भइरहेका बेला यो महिना रुस र ईयूका केही राष्ट्रले एक अर्का देशका राजदूतलाई निकाला गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ