arrow

रुस–युक्रेन युद्धको ५६ दिन, रुसले एकैदिन गर्‍यो ११ सय आक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ८ बिहिबार
ukraine-missile.JPG
तस्बिर– फाइल

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण थालेको ५६ दिन भइसकेको छ । यति लामो समय भइसक्दासमेत युद्धको जोड कम भएको छैन । 

बुधबार मात्रै रुसले युक्रेनमाथि एकैदिन ११ सय वटा हमला गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबासमा भाडामा लिएका २० हजार सैनिक तैनाथ गरेको बताइएको छ । 

रुसले आफ्नो अघोषित टुकडी ब्यागनर ग्रुपमार्फत सिरिया, लिबिया र जर्जियाबाट यी भाडाका सैनिक तैनाथ गरेको हो । 

यता युक्रेन दिनानुदिन धरासायी बन्दै गएको छ । युक्रेनमाथि आर्थिक संकट थपिएको छ । युक्रेनमाथि जीटीपीको ८६ प्रतिशत बराबर विदेशी ऋण थपिएको छ । त्यहीं देशको बजेट घाटा १७.८ प्रतिशतसम्म पुगेको बताइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ