दुई देशका प्रधानमन्त्री युक्रेनमा, राजधानी बाहिर सर्वसाधारणको शव फेला
एएफपी,
प्रकाशित २०७९ वैशाख ८ बिहिबार
422
Shares
कीभ, युक्रेन । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज र डेनमार्कका समकक्षी मेटे फ्रेडेरिक्सन युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग वार्ता गर्न बिहीबार कीभ पुगेको स्पेन सरकारले जनाएको छ।
सान्चेजले बुधबार बताएअनुसार उनले जेलेन्स्कीलाई युरोपेली युनियन र स्पेनको "शान्तिको लागि स्पष्ट संलग्नता ..." को बारेमा जानकारी दिनेछन्। भेटघाटको विस्तृत विवरण आउन बाँकी छ।
साथैयुक्रेनको राजधानी कीभ बाहिर बोरोद्यान्का शहरमा नौ जना सर्वसाधारणको शव फेला परेको छ । एक वरिष्ठ प्रहरी अधिकारीले बताएअनुसार ती मृतकको देहमा केही यातनाको सङ्केत पनि देखिएको छ।
"यी मानिसहरूलाई नियन्त्रणमा लिएर मारेको हुनसक्ने यातनाका संकेतहरू देखाएका छन्। ती मानिसहरू सर्वसाधारण थिए। रूसी सेनाले जानाजानी कुनै पनि प्रतिरोध नगर्ने नागरिकहरूलाई गोली हाने मारेको," कीभ क्षेत्रका प्रहरी प्रमुखले बताएका छन् ।