arrow

पर्वतको कुश्मा बजारमा आगलागी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ८ बिहिबार
aaglagi parbat kusma.jpg

पर्वत । पर्वतको कुश्मा बजारको एक घरमा बिहीबार आगलागी भएको छ । आगलागीका कारण लक्ष्मी श्रेष्ठको घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । 

विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख एवं प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए ।

स्थानीयवासी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहायतामा करिब डेढ घण्टामा आगो नियन्त्रणमा आएको डिएसपी बुढाथोकीले जानकारी दिए । 

आगो नियन्त्रणका लागि कुश्मा र बागलुङ नगरपालिकाको दमकल प्रयोग गरिएको थियो । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ