arrow

वाणिज्य विभागका महानिर्देशक शर्माले भने- बजारमा अभाव छैन त्यस्ताे गर्नेलाई कारबाही गर्छाैं

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ८ बिहिबार
lilaprasad-sharma.jpg

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लीलाप्रसाद शर्माले अहिले बजारमा कुनै पनि उपभोग्य बस्तुको अभाव नभएको बताएका छन् ।

रुस र युक्रेन बीचको युद्ध र केही दिनअघि नेपाल आयल निगम र इन्धन ढुवानी व्यवसायीबीचको कुरा नमिल्दा व्यावसायीहरुले इन्धनको ढुवानी रोकिदिएको विषयले आम सर्वसाधरणमा बजारमा ग्याँस, तेल लगायतका बस्तुको अभाव छ कि भन्ने आशंका बढेको छ ।

कोभिड १९ को महामारी र अन्य कारण आपूर्ति श्रृंखलामा आएको तनावका कारण थुप्रै सामग्रीको मूल्यसमेत बढेको छ र यस विषयले पनि बजारमा अभाव हुन लागेको पो हो कि भन्ने आम मानसिकता बनेको छ ।

यद्यपि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बजारमा नियमित अनुगमन गरिरहेको र अहिले कुनै बस्तुको अभाव नभएको विभागका महानिर्देशक लीलाप्रशाद शर्माले बताएका हुन् ।

विभागमा आयोजित कार्यक्रममा बोल्दै महानिर्देशक शर्माले आपूर्ति श्रृंखलामा आएको तनावका कारण मूल्य वृद्धि भएपनि बाहिर हल्ला भएजस्तो बजारमा कुनै वस्तुको अभाव नभएको बताएका थिए । ‘बजारमा अहिले ग्याँसको कत्ति पनि अभाव छैन्, जति मागे पनि छ’ महानिर्देश शर्माले भने ।

केही व्यापारीहरूले अहिले ग्याँस लुकाएर राखे केही दिनपछि बेच्दा फाइदा हुन्छ कि भन्ने सोच राखेको हुनसक्ने भन्दै यस सन्दर्भमा अनुगमन गरेको महानिर्देशक शर्माले बताए । त्यस्ता केही व्यापारीलाई विभागमै ल्याएर चेतावनी दिएकोसमेत उनले बताएका छन् ।

महानिर्देशक शर्माले विभागले अनुगमनको कार्यलाई थप चुस्त बनाउँदै लगिरहेको बताएका छन् । यसअघि दैनिक दुई टोलीले अनुगमन गर्दै आएकमा अहिले दैनिक तीनदेखि चार टोली बजार अनुगमनमा गइरहेको उनले बताएका छन् ।

अवान्छित मुल्य वृद्धि रोक्न विभागले जनशक्ति थपेर र भएकै जनशक्तिलाई थप व्यवस्थित तरिकाले परिचालन गरेर काम गर्न थालेको महानिर्देशक शर्माले बताएका छन् ।

देशभर नै अनुगमनको कामलाई सक्रिय बनाउन र उपभोक्तालाई मार पर्न नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयका निरीक्षण अधिकृत, प्रदेश सरकार तथा स्थानीय तहहरुमा पत्राचार गरिसकेकोसमेत विभागले जनाएको छ ।

यस्तै महानिर्देशक शर्माले अब विभागका सम्पूर्ण काम चाँडै नै पूर्णरुपमा अनलाइन प्रणालीबाट गर्न सकिने गरी तयारी गरिरहेको बताएका छन् । कम्पनी दर्ता, शुल्क भुक्तानीलगायतका सम्पूर्ण काम चाँडै नै अनलाइन प्रणालीबाट शुरु हुने उनले बताए । ‘क्यासलेस, फेसलेस र पेपरलेस तरिकाले विभागका सम्पूर्ण काम गर्न सकिने गरी तयारी अघि बढाएको महानिर्देशक शर्माले बताएका हुन् ।

विभागले एक विज्ञप्तिसमेत जारी गर्दै ‘यदि, कुनै व्यावसायीले अभाव सिर्जना गराएमा पैसा नलाग्ने निःशुल्क नम्बर ११३७ म सम्पर्क गर्नसमेत आग्रह गरेको छ । त्यस्ता व्याक्ति एवं व्यावसायीमाथि छानबिन गर्ने र आवश्यक कारबाही अघि बढ्ने विभागले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ