arrow

युद्धमा मारिएका सैनिकलाई क्षतिपूर्ति हैन परिवारबाट अर्को व्यक्ति भर्ती गराउँदै रुस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ९ शुक्रबार
russian-military.jpg

काठमाडौं । रुसको रक्षा मन्त्रालयले युक्रेनसँगको युद्धमा ज्यान गुमाउने सैनिकको परिवारबाट अर्काे व्यक्तिले भर्ती हुनुपर्ने प्रस्ताव अघि सारेको छ । युद्धमा ज्यान गुमाउने सैनिकको परिवारलाई क्षतिपूर्ती एवं अन्य सुविधा दिनुको सट्टा रुसी रक्षा मन्त्रालयले यस्तो प्रस्ताव अघि सारेको हो ।

रुसले युद्धका क्रममा आफ्ना कति सैनिकले ज्यान गुमाए भन्ने जानकारी समेत सार्वजनिक गरेको छैन । अधिकारीहरुले रुसले ज्यान गुमाउने सेनाको संख्या लुकाउन खोजिरहेको आरोप लगाउँदै आएका छन् ।

यसबीच रक्षा मन्त्रालयको यो कदमले आफ्नो परिवारको सैनिकले ज्यान गुमाएको थाहा पाए पनि, त्यबारे अर्काेसँग कुरा गर्ने स्थिती समेत नबनोस् भन्ने किसिमको देखिएको छ ।

ज्यान गुमाउने सैनिकको  युद्धकै बेला र आफ्नो चाहना विपरित भर्ती हुन अर्काे मान्छेलाई पठाउनु भन्दा चुप बस्न बाध्य हुन्छ ।

रुसी रक्षा मन्त्रालयले मार्च २५ मा फेब्रुअरी २४ देखि त्यतिबेलासम्म १,३५१ रुसी सैनिक मारिएको र ३,८२५ घाइते भएको बताएको थियो । त्यसयता कुनै आधिकारीक तथ्यांक सार्वजनिक गरेको जानकारी छैन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ