arrow

रुस र युक्रेनबीचको लडाइँ दुई दिनभित्र रोकिएला ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १० शनिबार
ukraine-missile.JPG

काठमाडौं । रुसले युक्रेनमाथि युद्ध थालेको दुई महिना नाघिसकेको छ । युद्ध अझै पनि जारी छ । युक्रेनको दाबीअनुसार रुसले लगातार अजोवस्टल स्टिबववर्समा बमबारी गरिरहेको छ । 

यसैबीच टर्कीले भने ठूलो दाबी गरेको छ । टर्कीले ४८ घण्टाभित्रै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच इस्तानबुलमा छलफल हुन सक्ने दाबी गरेको छ । 

टर्कीका राष्ट्रपति तैयप एर्दोगानले आगामी ४८ घण्टाभित्र युद्ध रोकिने बताएका छन् । उनले दुवै देशका राष्ट्राध्यक्ष बसेर समस्या सुुल्झाउनेसमेत बताएका छन् । आफू दुवै देशका नेताहरुसँग सम्पर्कमा रहेको पनि उनले बताएका छन् । 

उता, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले छिट्टै रुसी राष्ट्रपति पुटिनलाई भेट्ने भएका छन् । राष्ट्रसंघ प्रवक्ताका अनुसार रुसी राजधानी मास्कोमा मंगलबार वार्ताको प्रस्ताव गरिएको छ । गुटरेस उक्त छलफलपछि युक्रेन जान सक्नेछन् । 

यता, युक्रेनी राष्ट्रपति जोलेन्स्की भने अझै युद्ध रोकिनेमा आशावादी देखिएका छैनन् । रुसले युद्ध रोक्ने लक्षण नै नल्याएको भन्दै उनले मास्कोले युक्रेनमाथि गरेको युद्ध विश्वयुद्धको शुरुआत भएको संकेत गरेका छन् । 

उनले मास्कोले अन्य देशहरुमा पनि आक्रमणको तयारी गरेको दाबी गरेका छन् । शुक्रबार रातिको ब्रिफिङमा बोल्दै उनले भनेका छन्, ‘हामी लाइनमा पहिलो भयौं, अब को आउँछ ?’

उक्रेनी उपप्रधानमन्त्रीले बीबीसीलाई मारिओपोलमा मात्रै एक लाख मानिस धरापमा परेको दाबी गरेका छन् । 

रेडोव्का मिडियाको रिपोर्टअनुसार युक्रेन आक्रमणमा १३ हजार ४१४ रुसी सैनिक मारिएका छन् । त्यस्तै सात हजार रुसै सैनिक अझै बेपत्ता छन् । यसको पुष्टि रुसी रक्षा मन्त्रालयको एक गोप्य ब्रिफिङमा भएको दाबीसमेत गरिएको छ । तर यो रिपोर्ट रेडोव्काले आफ्नो ट्वीटर एकाउन्टबाट हटाएको छ । 

रुसी सैन्य प्रमुखले अब आफूहरुको निशाना युक्रेनको दक्षिणी भागमा रहेको बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ