arrow

पोखराका तीन वडाध्यक्षद्वारा राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १० शनिबार
rudranath baral.jpg

पोखरा । पोखरा महानगरपालिकाका तीन जना वडाध्यक्षले राजीनामा दिएका छन् । राजीनामा दिनेहरुमा पोखरा-८ का रुद्रनाथ बराल, पोखरा-२७ का पूर्णबहादुर गुरुङ र पोखरा-३३ का शिव आचार्य रहेका छन् ।

निर्वाचन आयोगले स्थानीय तहको चुनावमा उम्मेदवारी दिन बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरेपछि उनीहरुले राजीनामा दिएका हुन् ।

यसैगरी पोखरा-३० की सदस्य रमा नेपाली, २७ की सरस्वती सार्की, १२ की विष्णुमाया विक र देशभक्त केसीले राजीनामा बुझाएको बताइएको छ । 

यस्तै, वडा नम्बर ७ का दीनबन्धु पौडेल, १७ की सदस्य राधिका कुमारी शाही र तारा परियार, ३२ की विष्णु तिवारीले राजीनामा दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ