arrow

पोल्याण्डमा मात्र २९ लाख युक्रेनी शरणार्थी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १० शनिबार
ukraine-refugees-poland.jpg
फाइल तस्बिर

वार्सा। युक्रेन युद्धका कारण २९ लाख युक्रेनीले देश छाडेर पोल्यान्ड पुगेका छन्। २४ फेब्रुअरीदेखि सुरु भएको रुसी हमलापछि अहिलेसम्म यति ठुलो सङ्ख्याका युक्रेनी पोल्यान्ड पुगेका हुन्। पछिल्ला दिनमा भने सीमा पार गरेर पोल्यान्ड पार गर्नेको सङ्ख्या भने ह्वात्तै झरेको छ भने पोल्यान्डबाट युक्रेन फर्किनेको सङ्ख्या बढेको छ।

शुक्रवार पोल्यान्डबाट करिब २४ हजार युक्रेनी स्वदेश फर्किएका थिए भने १७ हजार ७ सय युक्रेनीले पोल्यान्ड शरण लिएका छन्। युद्ध भएपछि कुल पोल्यान्डबाट ८ लाख २५ हजार युक्रेनी पोल्यान्डबाट युक्रेन पसेका छन्।

शरणार्थी सङ्कटले उच्च स्वरूप लिएका बेला ६ मार्चमा १ लाख ४२ हजार ३ सय युक्रेनी पोल्यान्ड भागेका थिए। रुसले पूर्वी युक्रेनमा आफ्नो हमला केन्द्रित गरेको छ। रुसले युक्रेनको पूर्वी बन्दरगाह सहर मारिओपोललाई नियन्त्रणमा लिन सफल भएको दाबी गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ