arrow

युक्रेन नगएर रुसको भ्रमणमा जाँदै राष्ट्र संघका प्रमुख, जेलेन्स्कीले गरे चर्को आलोचना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ११ आइतबार
putin-zelensky-guterres-.jpg

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको रुस भ्रमणलाई लिएर चर्काे अलोचना गरेका छन् । रुसले आक्रमण गरेपछि युक्रेनमा जारी युद्ध रोक्न प्रयास स्वरुप आउँदो बिहीबार राष्ट्र संघका प्रमुख गुटेरेसले दुवै देशको भ्रमण गर्ने भएका हुन् ।

यद्यपि, युक्रेनका राष्ट्रपति जेलेन्स्कीले शुरुमा किभ नगएर मास्को  जान लागेको बिषयलाई लिएर राष्ट्र संघका प्रमुख गुटेरेसको आलोचना गरेका हुन् ।

युक्रेनको राजधानी किभमा पत्रकारहरूसँग बोल्दै जेलेन्स्कीले भनेका छन्,'पहिले रुस र त्यसपछि युक्रेन जानु गलत हो।' 'यस आदेशमा कुनै न्याय र तर्क छैन,' उनले थपे।

'युद्ध युक्रेनमा छ, मस्कोका गल्लीमा लासहरु छैनन्। यहाँका जनता र यहाँको स्थिती हेर्न पहिले युक्रेन जानु तार्किक हुनेछ,' उनले भनेका छन्।

यसबाहेक जेलेन्स्कीले 'युद्ध अन्त्य'गर्नका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फेरि भेटको आह्वान गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ