arrow

राष्ट्रसङ्घीय महासचिव गुटर्रेस टर्की जाँदै

logo
सिन्ह्वा,
प्रकाशित २०७९ वैशाख १२ सोमबार
antonio_guterres-us-general-secretary.jpg

अंकारा । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेस सोमबार टर्कीको भ्रमणमा जाने भएका छन् । 

संयुक्त राष्ट्रसंघीय महासचिवको कार्यालयले सो कुराको जानकारी गराएको हो । उनले युक्रेनमा जारी रहेको रुसको आक्रमणका विषयमा सो भ्रमणका क्रममा कुराकानी गर्ने छन् । 
 
उनले रुस र युक्रेनको पनि भ्रमण गर्न लाग्नुभएको छ । त्यस अगाडि उन टर्की जान लाग्नुभएको समाचारमा जनाइएको छ । राष्ट्रसंघीय महासचिव गुटर्रेसले सोमबार नै टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानसँग भेटवार्ता गर्ने बताइएको छ । 
 
टर्कीको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार उनले सोमबार नै टर्कीका राष्ट्रपति एर्दोगानसँग भेट गरी युक्रेनमा जारी रहेको हिंसात्मक आक्रमणका विषयमा कुराकानी गर्ने बताएको छ । 

युक्रेनमा युद्धविरामका लागि टर्कीले पहल गर्दै आएको छ । टर्कीकै पहलमा यसअघि पनि रुस र युक्रेनका बीचमा पटक पटक वार्ता पनि भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ