arrow

यथार्थको नजिक रहन मलाई मतदान गर्नुस् निराश पार्ने छैन – मदन मरासिनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
madan-marasini-bibekshil-sajha.jpg

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका २ बाट विवेकशील साझा पार्टीबाट मदन मरासिनीले स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा उम्मेदवारी दिएका छन् । विवेकशीलका जिल्ला सदस्य मरासिनी जिल्लाका संचारविभाग प्रमुखसमेत हुन् । 

तिलोत्तमामा सत्तागठबन्धन र नेकपा एमाले मजबुद रहेका छन् । तर यसपालि गठबन्धन खासै हुन सकेको छैन भने एमाले पनि कमजोर देखिएको भन्दै यसअघिका विजेताले पनि काम नगरेकाले फाइदा आफूलाई हुने मरासिनीको दाबी छ ।

मरासिनी भन्छन्, ‘पुरानो सनातनवादी सोचलाई तोडेर यदि तपाईहरु युवा सोचलाई अगाडि बढाएर विकासको गतिमा दौडन चाहनु हुन्छ भने मलाई मत दिनुस् हैन भने चलिआएको विकासको नाममा भइरहने भ्रष्टाचार र अनियमिततालाई प्रोत्साहन दिन चाहनु् हुन्छ भने पुरानै दललाई मत हाल्नुस् मेरो गुनासो छैन ।’

आफूलाई मत किन भन्ने प्रश्नमा उनले मतदातालाई भने, ‘ठूला ठूला सपना देखाएर काम नगर्ने पुरानो सोच त्यागेर अत्यावश्यकीय साना साना काम गर्ने प्रवृत्तिको विकास हुनु जरुरी छ । यथार्थको नजिक रहन चाहनु हुन्छ भने मलाई मतदान गर्नुस् निराश पार्ने छैन ।’

उनी थप भन्छन्, ‘स्थानीय तहको निर्वाचन पार्टीभन्दा व्यक्तिलाई हेरेर उसको कामको मूल्यांकन मापन गर्नुभयो भने मतदाताको घरघरमा विकास हुनेछ नकि विजेताको घरमा मात्रै ।’

उनले अघिल्लो पटक जितेका विजेताहरुले केही पनि नयाँपन दिन नसकेको दाबी गर्दै उनले आफू युवा भएको युवासोचलाई अगाडि बढाएर प्रविधिमैत्री विकाससहित समग्र तिलोत्तमावासीलाई अगाडि लैजाने दाबीसमेत गरेका छन् । 

स्वरोजगार उम्मेदवार मरासिनीले राजनीतिलाई शुद्ध रुपमा सेवामुलक बनाएर अगाडि बढ्ने बताउँदै कुनै पनि घरमा सीप सिकेको व्यक्ति बेरोजगार बस्न नपर्ने दाबीसमेत गरेका छन् । 

उनले समयानुसार स्थानीयले घरघरमा सेवा पाउनु पर्ने भन्दै आफूले जितेमा सरकारी कार्यालयमा समेत प्रविधिमैत्री तरिकाले छिटोछरितो काम गराउने बताएका छन् । 

नेता मरासिनीले कतिपय कार्यालयमा घरमा बसी बसी सेवा लिन सकिने प्रविधि भए पनि प्रचारप्रसारको कमीले सेवाग्राहीले दुःख पाएको समेत बताएका छन् । उनी भन्छन्, ‘घरमै बसेर प्रविधिको प्रयोगले पनि सेवा लिन सकिन्छ । तर कार्यालयमा गएर पीडा भोगेर उल्टै कर्मचारीलाई घुससमेत खुवाउनु पर्ने वाध्यता अहिलेको रहेको छ । यसलाई तोडिने छ ।’

कर तिर्न दुःख पाउने अवस्था अहिलेसम्म रहेकामा आफूले जितेमा कम्तीमा तिलोत्तमामा त्यो समस्याबाट मुक्त दिलाउने दाबी उनको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ