arrow

भारत र ईयूबीच 'व्यापार-प्रविधि परिषद्' खोल्ने सहमति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
Ursula von der Leyen-narendra-modi.jpg

काठमाडौं । युरोपियन आयोगकी अध्यक्ष उर्सुला भोन डर लेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार भेटवार्ता भएको छ । दुई दिने भारत भ्रमणमा रहेकी ईयू प्रमुख उर्सुला भोन डर लेन र मोदीबीच भएको वार्ताका क्रममा दुवै पक्ष व्यापार, प्रविधि र सुरक्षामा सहकार्य गर्न तयार भएको उनले बताएकी छन् ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि जारी युद्धका बेला रुससँगको सहकार्य कम गराउन पश्चिमा मुलुकहरुको प्रयासमध्येको एक अर्काे प्रयासका रुपमा ईयू प्रमुखको भ्रमणलाई हेरिएको छ । 

भारत र युरोपेली संघ सहयोग एवं सहकार्य बढाउन व्यापार र प्रविधि काउन्सिल स्थापना गर्न सहमत भएका छन् । सोमबार हस्ताक्षर गरिएको यो सम्झौता ईयूले अमेरिकापछि दोस्रो मुलुक भारतसँग गरेको हो ।

'मलाई लाग्छ कि आज यो सम्बन्ध पहिले भन्दा धेरै महत्त्वपूर्ण छ,ू भोन डेर लेनले मोदीसँगको भेटका क्रममा भनेकी छन् । उनले अघि भनेकी छन्, 'हामीमा धेरै समानता छ तर हामीले चुनौतीपूर्ण राजनीतिक परिदृश्यको पनि सामना गरिरहेका छौं।'

'तीव्र भूराजनीतिक परिवर्तनले संयुक्त रुपमा गहिरो रणनीतिक संलग्नता आवश्यक देखाएकोमा दुवै पक्ष सहमत भएको,' ईयु र भारतले जारी गरेको संयुक्त विज्ञप्तीमा उल्लेख छ ।

'व्यापार र प्रविधि परिषद्ले राजनीतिक निर्णयहरू सञ्चालन गर्न, प्राविधिक कार्यको समन्वय गर्न, युरोपेली र भारतीय अर्थतन्त्रमा दिगो प्रगतिका लागि महत्त्वपूर्ण क्षेत्रहरूमा कार्यान्वयन एवं अनुगमन सुनिश्चित गरी राजनीतिक स्तरको रिपोर्ट गर्नेलगायतका काम गर्नेछ ।'

भोन डेर लेनको भारत भ्रमण बेलायती प्रधानमन्त्री बोरिस जोनसनपछि आएको हो । जोनसन अघि अमेरिकी अधिकारी र रुस र चीनका विदेशमन्त्रीहरुले पनि भारत भ्रमण गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ