arrow

शेयर बजारमा दुई अर्बको कारोबार, परिसूचक ३४ अंकले घट्यो  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
nepse-stock-share-down-bear.jpg

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली शेयर बजार नेप्से ३४ दशमलव ९५ अंकले घटेर परिसूचक २३ सय ८६ अंक बन्द भएको छ । साताको पहिलो दिन आइतबार एकैदिन ९६ अंकले बढेर हरियाली छाएको नेप्सेमा सोमबार ३४ अंकको गिरावट आउँदा नेप्सेको सेन्सेटिभ इन्डेक्स ६ अंकले घटेको छ । 

सोमबार नेप्सेको सेन्सेटिभ इन्डेक्स ४ सय ५४ अंक पुगेर बन्द भएको छ । नेप्सेमा ५० लाख ४७  हजार कित्ता सेयर खरिद बिक्री हुँदा दुई अर्ब  चार करोड २२ लाख  हजार  रुपैयाँको कारोबार भएको छ । 

कारोबार रकम आइतबारभन्दा ५१ करोडले कमी आएको छ । नेप्सेमा सोमबार अधिकांस सेक्टरका सेयरधनीले गुमाएका छन् । नेप्सेमा १ सय ६३ कम्पनीका सेयरधनीले ठूलो रकम गुमाउँदा जम्मा २७ कम्पनीले सेयरधनीले नाफा कमाएका छन् । 

सेयर बजारमा लाईफ इन्स्योरेन्स र नन् लाईफ इन्स्योरेन्स  सेक्टरका सेयरधनीले सबैभन्दा धेरै १०० अंक बढीको गिरावट व्यहोर्नु परेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ