arrow

आणविक कार्यक्रमलाई झनै तीव्र पार्ने किम जोङ उनको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १३ मंगलबार
kim-jong-un-north.png

काठमाडौं । उत्तर कोरियाका प्रमुख किम जोङ उनले देशको आणविक कार्यक्रमलाई झनै तीव्र पार्ने प्रतिवद्धता गरेका छन्। सोमबार राति उत्तर कोरियाली सैन्य परेडका क्रममा उनले देशको आणविक कार्यक्रमलाई झनै बढावा दिने घोषणा गरेका हुन्।

सन् २०१७ मा किम जोङ उनले सबैभन्दा ठूलो अन्तरमहादेशीय मिसाइल परीक्षण गरेका थिए। त्यसपछि सन् २०२२ को (गत)मार्चमा पनि उत्तर कोरियाले अर्काे अन्तरमहादेशीय मिसाइल परीक्षण गरेको छ।

हिजोको सैन्य परेडमा ह्वासोङ १७ अन्तरमहादेशीय मिसाइललगायतका अन्य हातहतियारहरु प्रदर्शन गरिएको छ। अमेरिकी भुमीसम्म मार हान्न सक्ने यो मिसाइलको परीक्षणपछि अमेरिकाले उत्तर कोरियामाथि थप प्रतिबन्धहरु लगाएको थियो।

विश्वका केही मुलुकहरुको आलोचना र प्रतिबन्धहरुलाई मतलब नदिँदै किम जोङ उनले आणविक कार्यक्रमलाई थप सशक्त पार्ने वाचा गरेका हुन्।

'हामी हाम्रो राष्ट्रको आणविक क्षमतालाई तीव्र गतिमा सुदृढ र विकास गर्नका लागि कदमहरू चाल्नेछौं,' सोमबार रातिको सैन्य परेडका क्रममा किम जोङ  उनले भनेका छन्, 'हाम्रो आणविक शक्तिहरू जुनसुकै बेला प्रयोग गर्नका लागि तयार हुनुपर्छ,' उनको भनाइ उदृत गर्दै त्यहाँको कोरियन सेन्ट्रल न्युज एजेन्सीले लेखेको छ।

प्योङयाङले आफ्नो सैन्य परेडहरूमा आफ्ना नयाँ हतियारहरू प्रदर्शन गर्ने गर्छ । यस वर्ष उत्तर कोरियाले धेरै मिसाइल परीक्षण गरेका कारण सोमबारको सैन्य परेडलाई बिशेषरुपमा हेरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ