arrow

रुसद्वारा तेस्रो विश्वयुद्धको चेतावनी, राष्ट्रसंघका प्रमुख मस्कोमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १३ मंगलबार
sergey-lavrov-russia.png

काठमाडौं । रुसले युक्रेनमाथि जारी युद्ध आणविक युद्धमा परिणत हुँदै तेस्रो विश्वयुद्धतर्फ बढ्न सक्ने चेतावनी दिएको छ । संयुक्त राष्ट्र अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिनकेन र रक्षामन्त्री लोयड अस्टिनले युक्रेनको राजधानी किभको भ्रमण गरेपछिको अवस्थामा रुसले यस्तो चेतावनी दिएको हो ।

यस्तो अवस्थामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस मस्कोतर्फ पुगेका छन् । उनले आज (मङ्गलवार) रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा भेट वार्ता गर्ने भएका छन् ।

अमेरिका, नेटो सहयोगीसहितका पश्चिमा मुलुकहरूले युक्रेनलाई रुसविरुद्धको युद्धमा दरिलो सहयोग गरिरहेका छन् । दुई उच्च अमेरिकी अधिकारीहरूले किभ भ्रमण गर्दै थप सैन्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यसबीच रुसी विदेशमन्त्री सर्गेई लाभरोभले पश्चिमले युक्रेन रुससँगको लडाई जारी राखोस् भन्ने चाहेको आफूहरूलाई लागेको बताएका छन् ।

रुसी सैनिकलाई कमजोर पार्ने पश्चिमी र युक्रेनी चाहना एक भुल हो भन्दै उनले पश्चिमी देशहरूले आपूर्ति गरेका हतियारलाई रुसी सेनाले लक्ष्य बनाउने बताएका छन् । पश्चिमी युक्रेनका हतियार गोदामहरूलाई निशाना बनाएको उनले बताएका छन् ।

सोमबार एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै लाभरोभले युक्रेनी नेताहरूले नेटोलाई द्वन्द्वमा संलग्न हुन आग्रह गरेर रूसलाई उक्साएको आरोप लगाएका छन्। 

नेटोले प्रभावकारी रूपमा 'प्रोक्सीहरू मार्फत रूससँग युद्धमा प्रवेश गरेको छ र ती प्रोक्सीहरूलाई हतियार दिइरहेको छ,' उनले भनेका छन्। 

यसले आणविक जोखिम निम्त्याउने चेतावनी समेत उनले दिएका छन् । 'सबै जनाले कुनै पनि हालतमा तेस्रो विश्वयुद्धलाई अनुमति दिन सक्दैनौँ भन्ने मन्त्रहरू पढिरहेका छन्,' उनले अघि भने ।

तर, युक्रेन युद्धमा नेटोको संलग्नतालाई सङ्केत गर्दै उनले तेस्रो विश्व युद्धको 'गम्भीर जोखिम' रहेको बताएका छन् । नेटो र अमेरिकाले तेस्रो विश्व युद्धको खतरा हुने भन्दै आफ्नो सेनालाई युक्रेन युद्धमा संलग्न नगराउने भनेको थियो ।

युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रुसले तेस्रो विश्वयुद्धको चेतावनी दिँदै विश्वलाई डराउन खोजेको भन्दै आफूलाई पश्चिमाको थप मद्दत आवश्यक परेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ