arrow

चितवनमा क-कसलाई भेटेर फर्किए प्रचण्ड ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १३ मंगलबार
prachanda-chitwan-2019.jpg

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज गृहजिल्ला चितवनका पाँच दलीय गठबन्धनका नेताहरूसँग भेट गरेका छन् । 

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेताहरूसँग भेट गरेका हुन् । छोटो समयका लागि यहाँ आएका प्रचण्डले नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल र भरतपुर महानगरपालिकाका उपप्रमुखका उम्मेदवारसमेत रहेका नगर सभापति चित्रसेन अधिकारीलाई भेट गरेका हुन् । 

उनले समाजवादीका केन्द्रीय सदस्य कृष्ण खनाललाई पनि भेट गरेका थिए । भेट पछि कांग्रेस सभापति खनालले गठबन्धनलाई सशक्त बनाएर अघि बढाउने  विषयमा छलफल भएको बताए । प्रचण्डले वडा तहसम्म मिलाएर लैजानुपर्नेमा जोड दिएका थिए । नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलको प्रमुख पदमा वागी उम्मेदवारीको विषयमा पनि छलफल भएको जनाइएको छ ।

खनालले भने, “विस्तृत छलफल १६ गते पछि गर्ने विषयमा कुराकानी भएको छ ।” प्रचण्डलाई भेटेपछि बागमती प्रदेशका मन्त्रीसमेत रहेका समाजवादीका नेता कृष्ण खनालले आफूसँगको भेटमा प्रचण्डले वडा तहसम्म मिलाउन र असन्तुष्टलाई सम्झाउन आग्रह गरेको बताए । 

प्रचण्डले चितवनमा रहँदा माओवादी केन्द्रका नेता कार्यकर्तासँग समेत भेटघाट गरेका थिए । प्रचण्डको उपस्थितिमा पार्टीको निर्वाचनसँग सम्बन्धित योजना निर्माणका विषयमा छलफल भएको थियो । छलफलमा पार्टीका केन्द्रीय सदस्य, जिल्ला र महानगरका पदाधिकारी सहभागी भएको पार्टीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ