सिजी मेरिडियाको स्टिम क्लिनिङ सिस्टम नेपाली बजारमा
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १३ मंगलबार
281
Shares
काठमाडौँ। लोकप्रिय उत्पादनहरू मार्फत ग्राहकहरूको मन जित्न सफल ब्रान्ड सिजी अन्तर्गत 'सिजी मेरिडिया स्टिम क्लिनिङ सिस्टम' बजारमा बिक्री सुरु भएको छ। 'कोर्डेड ह्याण्डी एण्ड स्टीक भ्याक्युम क्लिनर' र स्टिम क्लिनिङ सिस्टम' गरी दुई प्रकारका भ्याक्युम क्लिनरहरू उपलब्ध छन्। 'कोर्डेड ह्याण्डी एण्ड स्टीक भ्याक्युम क्लिनर' मा 'टु इन वान मोड' रहेको छ, यस कारण यो सजिलै 'ह्याण्डी' वा 'स्टीक' मोडमा परिवर्तन गर्न सकिन्छ।
यसमा सिङ्गल साइक्लोन सिस्टम रहेको छ। यसको अर्को विशेषता भनेको 'डस्ट कप'लाई सजिलै फुकाल्न सकिन्छ। उच्च क्षमताको 'स्पन्ज एक्जस्ट फिल्टर' जडान भएको यस भ्याक्युम क्लिनरमा 'ब्यागलेस डस्ट कलेक्सन' गर्न सकिन्छ र यसमा ५ एमको पावर लाइन रहेको छ।
१०० डिग्री सेन्टिग्रेड बाफले ९९.९९ प्रतिशत कीटाणु नष्ट गर्ने क्षमता भएको 'स्टिम क्लिनिङ सिस्टम'को प्रमुख विशेषता भनेको यसले एकदम छिटो अर्थात् पन्ध्र सेकेण्डमै वाफ उत्सर्जन गर्दछ, साथै यो काठ, टायल, कार्पेट जस्ता विविध प्रकारका सतहहरूमा पनि उपयुक्त छ।
३७० मिली लिटर पानीटंकीको क्षमता भएको 'स्टिम क्लिनिङ सिस्टम'मा विविध प्रकारका एसिसरिजहरू पनि प्राप्त गर्न सकिन्छ। जस्तै: सानो राउण्ड ब्रश, स्कार्पर, स्काउरिङ हेड, ह्याङगिङ आइरन हेड, कार्पेटका लागि स्लाइडिङ प्लेट, होस एसेम्बली स्ट्रेट नोजल र अडाप्टर।