arrow

नेविसंघको मतदाता परिचयपत्र लिन नागरिकता लाइसेन्स वा मतदाता परिचय अनिवार्य

logo
हाम्रा कुरा
प्रकाशित २०७३ साउन ३१ सोमबार
NSU-11-conventation-logo.jpg.jpeg
काठमाडौं। नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशनका प्रतिनिधिहरुलाई साउन ३२ गते मंगलवार विहान ८ बजेदेखि मतदाता परिचयपत्र, झोला लगायतका सामाग्रीहरु पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृतिभवन, बी.पी. नगर, ललितपुरबाट वितरण गरिने नेपाली काँग्रेसले जनाएको छ। 
 
नेपाली काँग्रेसले एक सूचना निकाली महाधिवेशन प्रतिनिधिहरुले परिचयपत्र लगायतका सामाग्रीहरु बुझ्न आउँदा आ–आफ्नो नागरिकताको प्रमाणपत्र, निर्वाचन आयोगद्वारा जारी गरिएको मतदाता परिचयपत्र, सवारी चालक अनुमतिपत्र मध्ये कुनै एकका साथमा नेपाल विद्यार्थी संघको महाधिवेशन प्रतिनिधिको मतदाता नामावलीको क्रमसंख्या सहित सम्पर्क राख्न भनेको छ। 
 
फर्जी मतदाताको कारणले ९ दिनदेखि विवादमा रहँदै आएको नेविसंघको महाधिवेशन पार्टीका नेताहरुले सहमति गरेर बुधवार चुनाव हुनेगरि मंगलवारबाट कार्ड वितरण र अन्य चुनावी प्रक्रिया शुरु गर्न लागेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ