arrow

विप्लवले हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोलालाई गरे पदमुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १४ बुधबार
biplab.jpg

काठमाडौं । नेत्रविक्रम चन्द 'विप्लव' ले सचिवालय सदस्य हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोलालाई पार्टीबाट पदमुक्त गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टी विरोधी गतिविधि गरेको भन्दै सचिवालय सदस्य वली र बास्तोलालाई पदमुक्त गरिएको हो । 

पार्टी महासचिव चन्दले आज विज्ञप्ति जारी गर्दै सचिवालय सदस्य द्वय वली र बास्तोलालाई अनिश्चित कालका लागि पदमुक्त गरिएको जनाएका छन् । 

नेता द्वयको गतिविधिका कारण उनीहरूलाई पदमुक्त गर्नुपर्ने अवस्था सिर्जना भएको महासचिव चन्दले जनाएका छन् । 

नेकपाका कतिपय नेता, कार्यकर्ताले पार्टीको निर्देशनबमोजिम आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएपछि सचिवालय सदस्य बास्तोलाले उम्मेदवारी तत्काल फिर्ता लिन चेतावनीसहितको वक्तव्य जारी गरेपछि पाटीभित्र तीव्र विवाद देखिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ