arrow

चुनावको समयमा पाँच करोडको गरगहना चोरी, सुनचाँदी व्यवसायी चिन्तित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १४ बुधबार
gold-jewellery.jpg

काठमाडौं । देश निर्वाचनको माहौलमा होमिएको बेला चोरी र लुटपाटका घटना बढ्न थालेकोमा नेपाल सुनचाँदी व्यवसायी महासङ्घले ध्यानाकर्षण भएको जनाएको छ । 

यही वैशाख १२ गते सोमबार राती बुटवल उप-महानगर पालिकाको मध्य बजार अमरपथ विपि चोक वडा नं ६ स्थित दिलबहादुर सुनारको कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसल चोरी भएको थियो । यस किसिमका घटना दोहोरिन नदिन गृह प्रशासनसँग महासङ्घले माग समेत गरेको छ ।

कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसल छेवैको गल्लीबीचको सटर भाडामा लिई फेन्सी पसल सञ्चालन गर्दै आएका व्यक्तिले सो पसलको ताला तोडी त्यहाँ रहेको सुनचाँदीका गरगहना चोरी गरेका थिए ।

पीडितका अनुसार सो पसलबाट पाँच करोड बराबरको धनमाल चोरी भएको छ । गरगहना चोरी गरी फरार रहेका व्यक्तिको खोजी गरी कारबाही गर्न महासङ्घले माग गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ