arrow

गोदरेज एप्लायन्सेसको ब्रान्ड एम्बेसडर बलिउड स्टार आयुष्मान खुराना नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १४ बुधबार
ayushmann-khurrana--godrej-cg.jpg

काठमाडौँ। गोदरेज ग्रुपको प्रमुख कम्पनी गोदरेज एण्ड बायसले आफ्नो व्यावसायिक इकाई गोदरेज एप्लायन्सेसको लागि लोकप्रिय बलिउड अभिनेता आयुष्मान खुरानालाई ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ। गोदरेज एप्लायन्सेसमा रेफ्रिजिरेटर, एयर कन्डिसनर, वासिङ मेसिन, डिशवाशर, माइक्रोवेभ ओभन र एयर कूलर जस्ता थुप्रै उत्पादनहरू रहेको छ।

एप्लायन्सेस क्षेत्रले आगामी महिनाहरूमा मागमा व्यापक वृद्धि हुने अनुमान गरिरहेको छ। लगातार दुई ग्रीष्महरू महामारीबाट प्रभावित भएपछि, यो पहिलो ग्रीष्म हो जुन पूर्व-महामारी अवस्थामा पूर्ण रूपमा फिर्ता हुने अपेक्षा गरिएको छ। आफ्नो विविध अभिनयका लागि परिचित र राष्ट्रिय चलचित्र पुरस्कार सहित धेरै पुरस्कारहरूबाट सम्मानित अभिनेताले यस अप्रिलदेखि गोदरेज ब्रान्डका विभिन्न अभियानहरूमा  सङ्लन्न हुनेछन्।

ब्रान्ड एम्बेसडर नियुक्त गर्ने निर्णयको बारेमा टिप्पणी गर्दै, गोदरेज एप्लायन्सेसका बिजनेस हेड र कार्यकारी उपाध्यक्ष कमल नन्दीले भने, “बढ्दो मागसँगै हामीले हाम्रो ब्रान्ड रिकललाई पनि बलियो बनाउन चाहन्छौँ। हाम्रो सावधानीपूर्वक मूल्याङ्कनले हामीलाई आयुष्मान खुरानामा पुर्‍यायो जसले ब्रान्ड भ्यालु बढाउन प्रभावकारी भूमिका खेल्नेछ। गोदरेजले जस्तै आयुष्मानले पनि आफ्नो प्रशंसकहरूको आफू प्रतिको उच्च विश्वसनीयतामा विश्वास गर्दछ। उनी प्रगतिशील कन्टेन्टसँग सम्बद्ध हुनका लागि पनि परिचित छन्। हामी विश्वास गर्छौँ कि यो साझेदारीले हामीलाई उपभोक्ताहरूसँग जोड्न र “'थिंग्स मेड थाटफुली'” भन्ने हाम्रो ब्रान्ड फिलोसोफीलाई अझ बलियो बनाउन मद्दत गर्नेछ।” 

आफ्नो विचार साझा गर्दै गोदरेज एप्लायन्सेसका एसोसिएट जीएम, निर्यात प्रमुख सलाम सोनामणी सिंहले भने, “दुई वर्षपछि यो गर्मी मौसममा बजारहरू उछालिएको देख्न पाउँदा हामी खुसी छौँ। हामीले हाम्रो अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्दै आएकाले नेपाल हाम्रा लागि प्रमुख बजार हो। आयुष्मान खुराना नेपालीहरू माझ लोकप्रिय छन् र हामी विश्वस्त छौँ कि बलिउड अभिनेतासँगको यस सम्बन्धले ब्रान्ड रिकल बढाउनेछ र हरेक घर र कार्यस्थलमा गोदरेज हुने हाम्रो भिजन हासिल गर्न एक कदम अगाडि लैजाने छ। नेपाली बजारको सन्दर्भमा हामीले विगत ३ वर्षमा २५ प्रतिशतको सीएजीआर हासिल गरेका छौँ।"

गोदरेज एण्ड बायसको व्यावसायिक इकाई, गोदरेज एप्लायन्सेस भारतको प्रमुख एप्लायन्सेस कम्पनीहरू मध्ये एक हो। गोदरेज एण्ड बायस सन् १९५८ मा रेफ्रिजरेटर उत्पादन गर्ने पहिलो भारतीय कम्पनी थियो र त्यस बेलादेखि गोदरेज एप्लायन्सले 'थिंग्स मेड थाटफुली' भन्ने नारालाई सार्थकता दिँदै वासिङ मेसिन, एयर कन्डिसनर, माइक्रोवेभ ओभन, फ्युचरिस्टिक थर्मो-इलेक्ट्रिक कूलिङ सोलुसन, एयर कूलर, डीप फ्रिजर, मेडिकल रेफ्रिजरेटर र हालसालै, युभिसि टेक्नोलोजीमा आधारित कीटाणुनाशक उपकरणहरू र डिशवाशर जस्ता अन्य धेरै क्याटगोरीहरूमा आफ्नो पोर्टफोलियो विस्तार गरेको छ।

सन् २०१८ सम्ममा, गोदरेज एप्लायन्सेसले आफ्ना उत्पादनहरू लगभग १८ देशहरूमा निर्यात गरिसकेको थियो। आज, सन २०२२ सम्ममा, सङ्गठनको लगभग ३५ देशहरूमा उपस्थिति छ। गोदरेज एप्लायन्सेस नेपालमा सिजी समूहसँग विगत १० वर्षभन्दा बढी समयदेखि आबद्ध छ। एउटै भिजन लिएर सहकार्य गर्दै  दुवै संस्थाले आगामी २ वर्षमा १०० प्रतिशत व्यापार वृद्धि गर्ने लक्ष्य राखेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ