arrow

रुसपछि युक्रेन पुगे राष्ट्रसङ्घका महासचिव

logo
सिन्ह्वा,
प्रकाशित २०७९ वैशाख १५ बिहिबार
antonio_guterres-us-general-secretary.jpg

किभ ।  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस युक्रेन पुगेका छन् । उनले सो कुरा ट्वीट गरेर जनाएका हुन् । उनले ट्वीटमा लेखेका छन्– म रुसको भ्रमणपछि आज युक्रेन पुगेको छु । बुधबार ट्वीट गरेर उनले सो कुरा जानकारी दिएको विभिन्न विदेशी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

उनले युक्रेनमा रहँदा पछिल्ला केही हप्तायता रुसले गरेको आक्रमणबाट भएको क्षतिका साथै युक्रेनको अवस्थाको बारेमा जानकारी लिनेछन् । राष्ट्रसंघीय महासचिव गुटेरसले युक्रेनमा रहँदा यहाँका द्धन्द्धग्रस्त क्षेत्रहरुको भ्रमण गरी यहाँ आवश्यक मानवीय क्षतिको अनुगमन गरी ती क्षेत्रका नागरिकको उद्धारका लागि सहयोग गर्ने बताएका छन् । उनले जतिसक्दो चाँडो युक्रेन युद्धको अन्त्य हुनुपर्ने पनि ट्वीटमा बताएका छन् ।

महासचिव गुटेरस हालैमात्र रुसको भ्रमणमा गएका थिए । त्यस भ्रमणका क्रममा उनले युक्रेनसँग कूटनीतिक वार्ता गरेर छिट्टै समस्याको समाधान निकाल्न र युद्ध रोक्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आग्रह गरेको पनि बताएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ