arrow

सीजी डिजिटलको २० औँ शोरुम बसुन्धरामा, सामान किन्दा पाँच करोड बढीको उपहार [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १५ बिहिबार
cg-shwroom-sundhara.jpg

काठमाडौं । सीजी डिजिटल प्रिमियम मल्टि ब्रान्ड ईलेक्ट्रोनिक्सको २० औं शोरुम बसुन्धारामा खुलेको छ । नयाँ वर्षको उपलक्ष्यमा बैशाख १५ गते भव्यताका साथ उद्घाटन गर्दै काठमाडौंको प्रमुख स्थान बिशाल भवन, बसुन्धारामा शोरुम सञ्चालनमा आएको हो। नेपालको सबैभन्दा ठूलो प्रिमियम मल्टि ब्रान्ड ईलेक्ट्रोनिक्स सीजी डिजिटलको यो २० औं शोरुम हो।

बिहीबार गोदरेज अप्लाइन्सका एक्स्पोर्ट हेड (निर्यात प्रमुख) सलाम सिंह र चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर (प्रबन्ध निर्देशक) निर्वाण चौधरीले शोरुमको अनावरण गर्दै उद्घाटन गरेका हुन्। यो शोरुममा सीजी ब्रान्ड अन्तर्गत रहेका विभिन्न प्रतिष्ठित ब्रान्डहरु एल जी, सीजी, गोदरेज, टीसीएल, सेन्सेइ, केन्ट्, पीजन, एलीका, ब्ल्याक प्लस डेकर, बेको र माईडिया जस्ता ब्रान्डका ७०० भन्दा बढी घरायसी उपकरणहरु उपलब्ध रहने कम्पनीले जनाएको छ।

 

 

 

 

नयाँ शोरुमको शुभारम्भको अवसरमा कम्पनीले आफ्ना घरायसी प्रयोजनका यी उपकरणहरु खरिद गर्दा विशेष छुटसहित पक्का उपहारहरुसमेत प्रदान गर्ने भएको छ। यी उपकरणहरुको खरिदमा यमाहा एफजेड २५ बाइक, २ जनालाई एप्पल म्याकबुक (१६ र ५१२ जीबी), ३ जनालाई एप्पल आईफोन १३ (२५६ जीबी) र पाँच जनालाई एप्पल आईप्याड १०.२ (२५६ जीबी, बाईफाई) उपहार दिने भएको छ । यसबाहेक ५९ हजार रुपैयाँसम्म क्यासब्याक (पैसा फिर्ता) लगायत गरी कम्पनीले यी सामानहरुको खरिदमा ५ करोड भन्दा बढीको उपहारहरु प्रदान गर्ने भएको छ।

 

 

यस्तै ग्राहकहरुलाई मध्यनजर गर्दै कम्पनीले अन्य विशेष अफरहरुसमेत ल्याएको छ। जसअन्तर्गत फ्री डेलिभरी, लोयन्टी प्रोग्राम, फ्री इन्स्टलेसन, डेमो, शून्य प्रतिशत ब्याजदरमा किस्ता बन्दी र एक्सचेन्ज लगायतका सुबिधाहरु कम्पनीले उपलब्ध गराउने भएको हो।

 

 

कम्पनीले आफ्नो स्वामित्वको यो २० औं शोरुम रहेको बताउँदै आगामी दिनहरुमा देशका विभिन्न शहरहरुमा यसरी नै नयाँ शोरुम बिस्तार गर्दै जाने र ग्राहकलाई झनै नजिकबाट सेवा प्रदान गर्ने बताएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ