arrow

काठमाडौँ महानगरको प्रमुख हाम्रो मान्छे नहुँदा पीडा भोगेका छौँ : गगन थापा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १५ बिहिबार
gagan-srijana-press-meet.jpg

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौँ महानगरपालिको प्रमुख आफ्नो मान्छे नहुँदा निकै पीडा भोगेको बताएका छन् । काठमाडौँ जिल्लाबाट निर्वाचित थुप्रै काँग्रेस सांसदहरूले काठमाडौँ महानगरमा नेपाली काँग्रेसको प्रमुख नहुँदा निकै पीडा भोगेको बताए । 

‘काठमाडौँमा हामीले धेरै सांसद भएर पनि काम गर्न सकेनौँ । काठमाडौँ महानगरपालिकाको मेयर हाम्रो मान्छे भएको भए पाँच वर्षमा धेरै काम गर्न सकिन्थ्यो । तर, नहुँदाको पीडा हामीले भोगेका छौँ,’ थापाले भने । 

काठमाडौँ महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई अत्यधिक मतले निर्वाचित गराउन अनुरोध गर्दै उनले भने, ‘उहाँले कुनै नौला सपना देखाउनु भएको छैन । दिनहुँ तपाईँ हामीले देखेको र भोगेको पीडालाई समाधान गर्ने उहाँको सङ्कल्प छ ।’ 

सिर्जना सिंहबाट कुनै चमत्कार नदेख्न अनुरोध गर्दै अघिल्लो पटक सूर्यमा भोट हालेका मतदातालाई समेत यस पटक सिर्जना सिंहलाई मतदान गर्न अपिल गरे । 

आफू पाँच वर्षमा स–साना काम गर्न नपाएर छटपटाइएको मान्छे भएको भन्दै थापाले भने, ‘हामी महानगरसँग सहकार्य गरेर स–साना काम गर्न आतुर छौँ । त्यसका लागि पनि हामीलाई उहाँलाई भोट दिनै पर्छ ।’  



नयाँ