arrow

राष्ट्र संघका प्रमुख गुटेर्रेस भए नजिकै रुसले गर्‍यो हवाई आक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १६ शुक्रबार
anotnio-guteras-vlodymer-zelensky.jpg

काठमाडौं । रुसको राजधानी मस्कोको भ्रमणपछि युक्रेन भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेस नजिकै रुसले हवाई आक्रमण गरेको छ ।

युक्रेनयुद्धमा ज्यान गुमाउने स्थितिमा पुगेका दशौं हजार नागरिकको उद्धारको पहलका लागि राष्ट्र संघका महासचिव गुटेर्रेस रुस हुँदै युक्रेनको भ्रमणमा गएका थिए ।

यद्यपि, मस्कोको भ्रमणपछि युक्रेन पुगेका महासचिव गुटेर्रेसको नजिकै रुसी हवाई आक्रमण हुँदा राष्ट्र संघले घटनाप्रति स्तब्भ भएको जनाएको छ ।

मध्य कीभमा गुटेर्रेस र उनको टोलीले बिहीबार भ्रमण गरिरहेका बेला भएको रुसी आक्रमणको निकटताबाट ूस्तब्धू भएका छौं तर, तर सबै सुरक्षित छौं, राष्ट्र संघका प्रवक्ताले भनेका छन् ।

युक्रेनको राजधानी किभबाट रुसी सेना बाहिरिएको लामो सयमयता भएको यो पहिलो आक्रमण हो ।

'यो एक युद्ध क्षेत्र हो तर, हाम्रो नजिक भएका कारण यो स्तब्ध छ,' संयुक्त राष्ट्र मानवीय कार्यालयका प्रवक्ता सभियानो एब्रेउले भनेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसंघका महासचिव नजिकै भएको रुसी आक्रमणको निन्दा गरेका छन् ।

'आज, कीभमा हाम्रो वार्ता समाप्त भए लगत्तै, रकेट र रूसी मिसाइलहरू शहरमा उडे र संयुक्त राष्ट्र र संगठनले प्रतिनिधित्व गर्ने सबै कुरालाई अपमानित गर्ने रूसी नेतृत्वको प्रयासको बारेमा, यसले धेरै कुरा भन्छ...,' जेलेन्स्कीले भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ