arrow

क्यानाडाले युक्रेनमा पुनः दूतावास सञ्चालनमा ल्याउने

logo
सिन्ह्वा,
प्रकाशित २०७९ वैशाख १६ शुक्रबार
ukraine-russia.jpg

ओटावा । क्यानाडाले युक्रेनमा पुनः राजदूतावास खोल्ने भएको छ । क्यानाडाका विदेश मन्त्रीले अब चाँडै नै युक्रेनमा क्यानाडाले दूतावास पुनः सञ्चालनमा ल्याउन लागेको बताएको जनाइएको छ । क्यानाडाली विदेशमन्त्री मिलेनी जोलीले सो कुरा बताएको बिहीबार विभिन्न सञ्चारमाध्यमहरुले जानकारी दिएका हुन् ।

जोलीले एक टेलिभिजनसँग कुराकानी गर्दै भनेका थिए– हामीले युक्रेनमा अब चाँडै नै दूतावासलाई पुनः सञ्चालनमा ल्याउने तयारी थाल्दैछौँ, मलाई लाग्छ अब युक्रेनमा अवस्था समान्य बन्दै जाला र हाम्रा कर्मचारीहरु पनि सुरक्षित होलान् ।

क्यानाडाले युक्रेनको दूतावास गत फेब्रुअरीमा बन्द गरेको थियो । त्यहाँ रुसले आक्रमण गर्न लागेको भन्ने सूचनाका अधारमा सो दूतावास बन्द गराएर आफ्ना कर्मचारीलाई पोल्याण्ड पठाएको थियो ।

अहिले राजधानी किभबाट रुसी सेना हटेको र हमलाहरु पनि रोकिएको बताइएको छ । त्यसैले कतिपय देशले यसअघि बन्द गराएका दूतावासहरु खोल्ने तयारीमा लागेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ