arrow

युक्रेनमा बदलाको आगो, रुसी भूमिमा निरन्तर आक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १६ शुक्रबार
ukraine-attack-russia.jpg

काठमाडौं । क्रेमलिनले युक्रेनभित्रको युद्धमा रूसी क्षतिको बिषयलाई न्युन छलफलमा राखेको छ । तर, गत हप्ता रूसी भुमीमा युक्रेनले गरेको आक्रमणले कसरी द्वन्द्व सीमा पार फैलिएको छ र सीमा क्षेत्रका बासिन्दाहरूलाई असन्तुष्ट पारेको छ भन्ने कुरालाई स्पष्ट पारेको छ ।

यसबाहेक आफुले सुरु गरेको युद्धबाट राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना नागरिकहरूलाई सुरक्षित गर्न नसकेको बिषयसमेत देखाएको छ ।

गोलाबारी र हडतालको परिप्रेक्ष्यमा, स्थानीय अधिकारीहरूले चेतावनी दिइरहेका छन्। यसका साथै बदला लिन र ठाउँ खाली गर्नुपर्नेलगायतका खतरासँग स्थानीयहरु लडिरहेका छन्।

युक्रेनी नेताहरु स्वीकार र अस्वीकार पनि नगरेका यी आक्रमणहरूले नेटोको सैन्य सहयोगले कीभ बढ्दो रूपमा रूसी क्षेत्रमा पुग्न सक्षम भएको देखाएको छ ।

एक वरिष्ठ युक्रेनी अधिकारीले बुधवार रुसी भुमीमा भइरहेका आक्रमणलाई  'कर्मा' को टिप्पणी दिएका छन् । रूसी सीमा क्षेत्रमा युक्रेनीतर्फबाट आक्रमणका घटनाहरू निकै बढेका छन् ।

युद्ध जारी रहँदा युक्रेनी सेनाहरूले पूर्वाधार र सैन्य अखडालाई लक्षित गर्दै रुसी भुमीमा आक्रमण थालेका छन् । करिब दुई महिनादेखि युक्रेनी नागरिकले झेलेको यो द्धन्द्धको संकटको खतरा अब, रुसी नागरिकले सामना गर्न थालेका छन् र यसले युद्धलाई झनै गम्भीर बनाएको छ ।

फेब्रुअरी २४  मा लडाई सुरु भएयता कम्तिमा ११ वटा आक्रमण भएका छन् । तीमध्ये धेरैजसो गतहप्ताको अन्त्यतिर भएका छन् ।

धेरै जसो गोलाबारी र रुसी विमान विरोधी हतियार ट्रिगर भएका छन् भने, केही आक्रमण सीमा नजिकै रूसी सैन्य सुविधाहरूमा भएका छन् । यी घटनाले रुसी रोष तानेको छ ।

'एङ्ग्लो-स्याक्सनहरूले सार्वजनिक रूपमा युक्रेनलाई रूसी भूमिमा शत्रुता सार्न सिफारिस गर्छन्। र यो योजना कार्यान्वयन गर्नका लागि साधनहरू उपलब्ध गराउछन्,' रुसी राज्य सञ्चालित रसिया टुडे न्यूज आउटलेटकी सम्पादक मार्गरिटा सिमोन्यानले बिहीबार ट्वीट गर्दै भनेकी छन्, 'तिमीहरूले हामीलाई के विकल्प दिइरहेका छौ, मूर्खहरू? बाँकी युक्रेन को पूर्ण विनाश? आणविक हमला?'

पछिल्ला दिनहरुमा, सबैभन्दा बढी जोखिमपूर्ण क्षेत्रका बासिन्दाहरूले खुला विस्फोट र रातको आकाशमा रुसी एन्टीएयरक्राफ्ट डिफेन्स रकेटहरू उडेको भिडियोहरू पोस्ट गरिरहेका छन् ।

'मलाई लाग्छ कि यो यहाँ आउँदैछ,' एक चिन्तित साक्षीले बुधवार बिहान बेलगोरोड सहरमा तीव्र आगो र बाक्लो धुवाँको ठूलो मुस्लो देखाएको भिडियोमा एक विष्फोटकसँगै बोलेको सुनिन्छ ।

अर्को भिडियोमा रूसी मानवीय साहयताका बोकेर आइरहेकाहरुमाथि आक्रमण भएको देखिन्छ । 'हामी यहाँ सवार छौं, तिनीहरूले हामीलाई गोलाबारी गरिरहेका छन्, हामी भाग्न खोजिरहेका छौं। भगवान दया गर१ यो डरलाग्दो छ,' क्रेमलिन समर्थक कार्यकर्ता र पत्रकार एलेना बेरेजोव्स्कायाले भिडियो क्लिपमा भनेकी छन्, जुन् राज्य-संचालित आरआईएले बिहीबार पोस्ट गरेको छ ।

बेरेजोव्स्काया एक सैन्य ट्रक जस्तो देखिनेमा बसेकी देखिन्छिन् । उनको वरिपरि बमहरूको आवाज सुन्न सकिन्छ। युक्रेनको दोस्रो ठूलो सहर खार्किभ नजिकैको रुसी नियन्त्रित क्षेत्रमा आपूर्ति पुर्‍याउने क्रममा रुसको एक माइलभन्दा कम दूरीमा रहेको झुराभल्योभकामा उक्त गाडीहरुको झुण्डमाथि आक्रमण  भएको बताइएको छ ।

उनले डराउँदै हेलमेट मिलाउँदा झ्यालबाट रुसी ग्रामीण इलाकामा वसन्तको पहिलो हरियो लाली बोकेका खेतहरू देखिन्छन् ।

'अवश्य पनि, यो मानव स्तरमा डरलाग्दो छ, तर सबै कुरा भगवानको हातमा छ,' उनले भनिन्।

रूसी सीमा क्षेत्रको ठूलो भागले असुरक्षाको अनुभूति गरिरहँदा स्थानीय नेताहरूसँग आफ्ना बासिन्दाहरूलाई के भइरहेको छ भनेर स्वीकार गर्नु र उनीहरूलाई बचाउने प्रयास गर्नुबाहेक केही विकल्प छैन् ।

यस महिनाको सुरुमा, अधिकारीहरूले युक्रेन नजिकका क्षेत्रहरूमा दोस्रो उच्च आतंकवादी खतराको स्तर घोषणा गरेका थिए भने, उनीहरूले बासिन्दाहरूलाई ठूलो भीड जम्मा नगर्न सल्लाह दिएका छन्।

बेल्गोरोडका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले बुधबार विस्फोटको आवाजले करिब साढे तीन बजे नै ब्युँझिएको बताएका छन् ।

छिमेकी कुर्स्कका गभर्नर रोमन स्टारोवोइटले कुर्स्कका बासिन्दाहरूले पनि यस्तो स्थिती भएको बताएका छन् ।

सोमबार सो क्षेत्रमा दुई टर्की निर्मित ड्रोनहरू खसालिएको र ड्रोनहरू शक्तिशाली हतियारले सुसज्जित हुनसक्ने भएकाले त्यहाँका बासिन्दाहरूको लागि गम्भीर खतराको सम्भावना बढेको बताइएको छ ।

कतिपयले युद्धको दोस्रो चरणमा लगभग दैनिक जसो आक्रमणका घटनाहरु हुनसक्ने चिन्ता व्यक्त गरेका छन् ।

यस मानेमा केही युक्रेनीहरूले मात्रै पनि सायदै सहानुभूति व्यक्त गरेका छन् । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकारले रूसीहरूले आफूलाई लक्षित गरेकोमा छक्क पर्न नहुने बताएका छन् ।

'ढिलो या चाँडो ऋण तिर्नै पर्छ,' मिखाइलो पोडोल्याकले एक टेलिग्राम पोस्टमा रूसी भाषमा लेखेर भनेका छन् ।

युक्रेनका पश्चिमी समर्थकहरूले रुसी भूभागमा रहेका सैन्य स्थलहरूमा भएका आक्रमणलाई समर्थन गरेका छन् ।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले बुधबार संसदको एक प्यानललाई भनेका छन्, 'रुसी आक्रमणबाट जोगिनका लागि जुनसुकै काम गर्न आवश्यक छ।'

यस्तै बेलायती रक्षा सचिव बेन वालेसले पनि बिहीबार बीबीसीलाई भनेका छन् कि युक्रेनले ''रुसी सेनाको रसद संरचनामा आक्रमण गर्नु 'अन्तर्राष्ट्रिय कानून अनुसार वैध' हुनेछ।''

रुसमाथि आक्रमण गर्ने युक्रेनको अधिकारलाई समर्थन गरेकोमा क्रेमलिनले पश्चिमको निन्दा गरेको छ । धेरै नेटो राष्ट्रहरू सुरुमा रूसमै पुग्न सक्ने हतियार युक्रेनलाई उपलब्ध गराउन सोच्न बाध्य थिए। 

तर, ती सावधानीहरू केही हदसम्म कम भएका छन्। लामो दूरीका सैन्य उपकरणहरू सीधा उपलब्ध नगरे पनि, नेटोले युक्रेनको भण्डारहरु भर्न सक्छ र यसले युक्रेनलाई ठूलो जोखिम उठाउन सक्षम पार्न सक्छ ।

रुसी भूमिमा भएको घुसपैठले युद्ध बढाउने सम्भावना रहेको फ्रान्सस्थित राजनीतिक विश्लेषण फर्म आर पोलिटिककी संस्थापक तातियाना स्टानोवायाले भनेकी छन् ।

'रूसी समाज शान्तिको लागि तयार छैन, रुसी समाजले युक्रेन पराजित हुने अपेक्षा गरेको छ,' उनले भनिन्, 'युक्रेनबाट आउने सबै कुरा, जस्तै रुसी भूभागमा भएको आक्रमणले यस्ता भावनालाई झनै बढावा दिन्छ।'

यी आक्रमणहरू लडाइँविरुद्ध भन्दा पनि रूसी नेताहरूलाई सन्देशको रूपमा अभिप्रेरित हुनसक्ने, अन्तर्राष्ट्रिय शान्तिका लागि कार्नेगी एन्डोमेन्टका वरिष्ठ फेलो आन्द्रेई कोलेस्निकोभलेको भनाइ छ ।

'मानिसहरूले यसलाई चेतावनीको घण्टीका रूपमा बुझ्न सक्छन्। तर अहिलेसम्म, क्रेमलिनका लागि चेतावनीका घण्टीहरु बढी छन्,' उनले भने ।

'युक्रेनको पर्याप्त सैन्य क्षमताहरू स्पष्ट हुँदै गइरहेको छ, र यो पनि सम्भव छ कि सीमा क्षेत्रमा युद्धको प्रकृति परिवर्तन हुनेछ,' उनले भनेका छन् ।

बुधवार मानवीय सहायताका लागि आएको गाडीको झुण्डलाई निशाना बनाएको गाउँ झुराभल्याओभकाले बारम्बार यस्ता घटनाहरूको सामना गरेको छ। 

सोमबार रातिको गोलाबारीमा कम्तिमा दुई जना बासिन्दा घाइते भएका थिए । सुरक्षाका लागि सो क्षेत्र खाली गर्न चाहे पनि त्यहाँका स्थानीयले नमानी रहेको बताइएको छ ।

गाउँकी नेता एन्जेलिका सामोइलोभाले  उनी र धेरै वृद्धसहितका अन्य बासिन्दाहरूले कसरी आक्रमणको डरले तहखानेमा रात बिताएका थिए भन्ने वर्णन गरेकी छन् ।

'कसैले अपेक्षा गरेका थिएनन्, यसका लागि कोही तयार थिएनन् । जब मैले यो आफ्नै आँखाले देखेँ, म स्तब्ध भएँ,' समोइलोभाले एक  भिडियोमा भनेकी छन् । उनले अर्काेपट्टी छाना उडेको घर देखेको र बाहिरि आउन आफुलाई निकै डर लागेको बताइन् ।

फेब्रुअरीमा युद्धका लागि तम्तयार भएर आक्रमण गरेको रुसका लागि त्यतिबेला किभसम्म पुग्न सहज भएको थियो । तयारीबीनाका युक्रेनी सेनाले रुसी सेनालाई पाखा लगाउँदै किभ मात्रै हैन्, आफ्ना सबै महत्वपूर्ण सहर आफ्नै नियन्त्रणमा राख्न सफल बनेको छ ।

अहिले रुसी सेना युक्रेनी सहरबाट बाहिरिएर डोनबासतिर लाग्दा पश्चिमाबाट सैन्य सहयोग पाइरहेको र सेनासमे तयारी अवस्थााम रहेको स्थितीमा युक्रेनले रुसी क्षेत्रमा सैन्य अखडालाई लक्षित गर्दै आक्रमण थालेको देखिन्छ ।

तथापि, यो अवस्थामा रुसले आणविक हतियार एवं अत्याधुनिक हतियार प्रयोगको चेतावनी बढाउन भने थालेको छ । पश्चिमी मुलुकहरुले यी युक्रेनी आक्रमणलाई समर्थन गरिरहेका छन् । करिब दुई महिना युद्धको चरम मार झेलेका युक्रेनी जनताले समर्थन नगर्ने झनै कारण छैन् ।

तर, यो युद्धले कुन मोड लिन्छ भन्ने आउँदा दिनले देखाउँने छ । आशा यति गर्न सकिन्छ कि रुसले आणविक र घातक अत्याधुनिक हतियार प्रयोग नगरोस् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ