arrow

कुमारी बैङ्कको क्युआर कोडबाट ट्राफिक प्रहरीको शुल्क-जरिवाना तिर्न सकिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १६ शुक्रबार
kumari-bank-traffic-baggikhana-qr-code.jpg

काठमाडौँ। कुमारी बैङ्क लिमिटेडसँगको सहकार्यमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सो कार्यालयसँग सम्बन्धित शुल्क तथा जरिवाना कुमारी बैङ्क लिमिटेडको क्युआर प्रणालीबाट सिधै भुक्तानी गर्न सकिने सेवा सुरु गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले विधिवत् रूपमा सेवा सञ्चालन गरेका थिए।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले गृह प्रशासनलाई डिजिटलाइज गर्ने नेपाल सरकारको कार्य योजना सफल बनाउन यस प्रणालीको सुरुवातले सहयोग पुगेको बताए।

यो सेवाको सुरुवातले अब विना नगद तथा झन्झट सेवाग्राहीले छोटो समयमा नै आफ्नो काम सम्पन्न गरी सेवा प्राप्त गर्न सकिने तथा राजस्व सङ्कलनमा सहज हुने विश्वास व्यक्त गरे।

यसैबीच कार्यक्रमका अतिथि कुमारी बैङ्क लिमिटेडका डिजिटल बैङ्किङ विभागका प्रमुख अनीश ताम्राकारले समयको परिवर्तन सँगै प्रविधिमैत्री सेवा विस्तार गर्न कुमारी बैङ्क सदैव अगाडि बढिरहने कुरामा जोड दिँदै डाइनामिक क्युआर प्रविधिबाट राजस्व सङ्कलन गर्ने प्रणालीको सुरुवात एउटा नयाँ आयाम भएको विचार व्यक्त गर्दै आगामी दिनमा अन्य कार्यालयबाट पनि यस प्रकारका सेवा सुरु गरिने बताए।

यस प्रणाली अन्तर्गत सेवाग्राहीले राजस्व रकम भुक्तानी गर्दा क्युआर कोड स्क्यान गर्न साथ रकम सहित सम्पूर्ण विवरण सेवाग्राहीले प्राप्त गरी सिधै भुक्तानी गर्न सकिने जानकारी गराए।

कार्यक्रममा समुपस्थित फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले जुनसुकै बैकमा रहेको खाताबाट  क्युआर स्क्यान गरी सुरक्षित डिजिटल प्रणालीबाट भुक्तानी गर्न सकिने सुविधा यस प्रणालीमा रहेको बताए।

कुमारी बैङ्कले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १७७ एटिएम, ४३ शाखारहित बैङ्किङ इकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैङ्किङ सुविधाहरू दिँदै आएको र आगामी दिनहरूमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ