arrow

युक्रेनको राजधानी कीभमा रुसद्वारा रेडियो लिबर्टीकी पत्रकारको हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १६ शुक्रबार
vira-journalist-killed.jpg

काठमाडौं । संयुक्त राष्ट्र सङ्घका महासचिवको युक्रेनको राजधानी कीभको भ्रमणका क्रममा मिसाइल आक्रमण गर्दै रुसले अमेरिका समर्थित रेडियो लिबर्टीका एक पत्रकारको हत्या गरेको प्रसारणकर्ताले शुक्रवार जनाएको छ।

चेक रिपब्लिकको राजधानी प्रागमा आधारित रेडियो फ्री युरोप रेडियो लिबर्टी (आरएफई आरएल) ले बिहीबारको आक्रमणले आवासीय भवनको तल्लो दुई तल्ला ध्वस्त पारेपछि निर्माता विरा हाइरिचको शव शुक्रवार बिहान भग्नावशेषमा फेला परेको बताएको हो। हाइरिच सन् २०१८ देखि रेडियो लिबर्टीका लागि काम गर्दै आएकी थिइन् ।

युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले भनेका छन्, 'ूरुसी ब्यालेस्टिक मिसाइलले मध्य कीभमा रहेको उनको अपार्टमेन्टमा प्रहार गर्दा उनी सुत्न गइरहेका थिइन् । रुसको बर्बरता बुझ्नै नसकिने छ। 'विरा र अन्य सबै निर्दोष युक्रेनीहरूको हत्याको निन्दा गर्न हामी मिडिया सङ्गठनहरूलाई आह्वान गर्दछौँ।'

अमेरिकी अनुदान प्राप्त आरएफई आरएलले शीतयुद्धदेखि पूर्व सोभियत सङ्घलाई कभर गर्दै आएको छ । बिहीबार रुसको राजधानी मस्कोको भ्रमणपछि युक्रेन भ्रमणमा रहेका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेस नजिकै रुसले यो हवाई आक्रमण गरेको थियो ।

युक्रेन युद्धमा ज्यान गुमाउने स्थितिमा पुगेका दसौँ हजार नागरिकको उद्धारको पहलका लागि राष्ट्र सङ्घका महासचिव गुटेर्रेस रुस हुँदै युक्रेनको भ्रमणमा गएका थिए ।

मस्कोको भ्रमणपछि युक्रेन पुगेका महासचिव गुटेर्रेसको नजिकै रुसी हवाई आक्रमण हुँदा राष्ट्र सङ्घले घटनाप्रति स्तब्ध भएको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ