arrow

‘युद्ध त्यागौं बुद्ध रोजौं’

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १८ आइतबार
279100254_505298481240034_1349099891697468433_n.jpg

काठमाडौं । नेपाली कलाकारहरुको स्वतन्त्र पहलमा ‘युद्ध त्यागौं बुद्ध रोजौं’ शीर्षकमा शनिबार विश्व शान्ति कला कार्यक्रम २ आयोजना गरिएको छ । शनिबार वरिष्ठ कलाकारहरु, कला क्याम्पसका विद्यार्थीहरु तथा स–साना कलाकारसहित ४० बढी कलाकारको सहभागीतामा विश्व शान्तिको कामना गर्दै कला प्रस्तुत गरेका हुन् । 

उनीहरुले तीन हप्ताअघि बनाएका कला तथा केही घरमै बनाएका ४५ थान शान्ति झल्काउने चित्रकला बसन्तपुरमा प्रदर्शनी गरेका हुन् । सो कार्यक्रमलाई स्वदेशीसँगै विदेशी पर्यटक एवं दर्शकले रुचीपूर्वक अवलोकन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति तथा वरिष्ठ कलाकार किरण मानन्धरले नेपाली कलाकारहरुले झैं विश्वभरबाट शान्तिको आवाज घन्किनु पर्ने बताए । 

प्राध्यापक राधेश्याम मुल्मीले स्थलगत रुपमा बनाएको चित्रमा शान्तिको प्रतीक परेवा तथा युद्धका आँखामार्फत शान्ति सन्देश झल्किएको थियो । कार्यक्रममा प्रस्तुत एकमात्र प्रतिस्थापन कला (इन्स्टलेसन आर्ट) मार्फत कलाकार तथा कार्यक्रम संयोजक सुवास क्षितिज श्रेष्ठले ब्रम्हाण्डकै एकमात्र जीवनयुक्त ग्रह पृथ्वीको अस्तित्वका निम्ति एकातिर आणविक बम र अर्कोतिर जीवनको प्रतीक फूलका गुच्छा बीचमा पृथ्वी प्रतिस्थापन गरी विनाश रोज्ने कि जीवन त्यो मानिसकै हातमा रहेको भन्ने सन्देश दिएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ