arrow

अमेरिकी सभामुख पेलोसी कीभमा, पश्चिमाले पठाएको हतियारमा रुसले हान्यो मिसाइल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १८ आइतबार
nancy-peloci-vladomyer-zelensky.jpg

काठमाडौं । अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग कीभमा भेटवार्ता गरेकी छन् । रुसविरुद्धको युद्धमा युक्रेनलाई पश्चिमको निरन्तर साथ रहेको भन्ने कुरा देखाउने यो अर्को भ्रमण हो ।

यसबीच रुसले भने पश्चिमा मुलुकहरूले पठाएको हतियारमा युक्रेनको दक्षिणमा आइपुग्दा प्रहार गरेको बताएको छ । 

जेलेन्स्कीले आइतबार ट्विटरमा पोस्ट गरेको भिडियोमा अघिल्लो उनलाई सशस्त्र एस्कर्टले घेरेको र राष्ट्रपति कार्यालय बाहिर पेलोसीको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधिमण्डललाई अभिवादन गरेको देखिन्छ ।

'हाम्रो प्रतिनिधिमण्डलले सम्पूर्ण विश्वलाई स्पष्ट र बलियो सन्देश पठाउनको लागि कीभको यात्रा गर्‍यो, अमेरिका युक्रेनको साथ दृढतापूर्वक उभिएको छ,' फेब्रुअरी २४ मा रुसले आक्रमण गरेदेखि युक्रेन भ्रमण गर्ने अमेरिकी उच्च अधिकारी पेलोसीले एक विज्ञप्तिमा भनेकी छन् ।

 उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गरेको आक्रमणको निन्दा गरेकी छन् । पेलोसीले शुक्रवार युक्रेनका लागि ३३ अर्बको सहायता प्याकेज पारित गर्ने विश्वास व्यक्त गरेकी छन् । जुन राष्ट्रपति जो बाइडेनले 'सकेसम्म चाँडो' को अनुरोध गरेका छन् ।

यसबीच रुसको रक्षा मन्त्रालयले आइतबार ओडेसाको बन्दरगाह सहर नजिकैको सैन्य एयरफिल्डमा मिसाइल हमला गरेको र युक्रेनलाई संयुक्त राज्य अमेरिका र युरोपेली देशहरूले आपूर्ति गरेको हतियार र गोलाबारुद रहेको रनवे र ह्याङ्गरलाई ध्वस्त पारेको बताएको छ।

शनिवार युक्रेनले रुसी क्षेप्यास्त्रले ओडेसाको मुख्य विमानस्थलमा नवनिर्मित धावनमार्गलाई ध्वस्त पारेको बताएको थियो। दुवै देशले एउटै घटनाबारे टिप्पणी गरेको हुनसक्ने ठानिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ