arrow

चिचिलामै असिनाले सखाप बनायो जुम्लाको स्याउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १८ आइतबार
manang-apple.PNG

खलङ्गा । जुम्लामा शनिबार राति परेको असिनापानीले स्याउ खेतीमा क्षति पुगेको छ । 

सिञ्जा गाउँपालिकाको जोडु, रुघा, काँडागाउँ, भाडगाउँ, फुङ्ग्रा र शनिगाउँमा असिनापानीबाट स्याउ खेतीमा क्षति पुगेको स्थानीयवासी विज्ञान बुढाले जानकारी दिए । 

उनले भने, “स–साना दाना लागेका थिए, केही बिरुवामा चिचिला पलाउँदै थिए । असिनाले सखाप बनायो ।” उनको बगैँचामा स्याउका ९० बोटले फल दिँदै आएका थिए । 

यस पटक किसानले स्याउ पर्याप्त मात्रामा फल्ने आशा गरेका थिए । एकैपटकको असिनापानीले किसानको स्याउ सखाप पारेको छ । बगैँचाभरि स्याउका दाना र चिचिला झरेका छन् । स्याउका बोट रित्तिएका छन् ।

असिनापानीले जिल्लाका अधिकांश क्षेत्रमा स्याउमा क्षति पुगेको स्थानीयवासीले बताएका छन् । मनग्य आम्दानी हुन थालेपछि पछिल्लो समय किसान स्याउखेतीतर्फ आकर्षित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ