- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सन् १९९३ मा स्थापना भएको आईएमएस ग्रुपले आफ्नो ३० औं वार्षिकोत्सव मनाएको छ । आईएमएस ग्रुप नेपालको नम्बर १ मोबाइल ब्रान्ड – सामसुङ स्मार्टफोन र कोरियाली लक्जरी ब्रान्ड– साङ्योङ मोटर्सको राष्ट्रिय वितरक हो ।
यसका साथै फिनटेक, ईकमर्स, बेबी केयर, कृषि, आतिथ्य, बैंकिङ र बीमा, शिक्षा, घरजग्गाआदि जस्ता धेरै उद्योगहरूमा यसको संलग्नता रहेको छ ।
सोल्टी होटलमा गत शनिबार सम्पन्न भएको उक्त समारोहमा आईएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्रा, कम्पनी निर्देशक विमल सावर्थिया, आईएमएस समूहका अध्यक्ष र सीईओ दिकेश मल्होत्राको साथमा नेपालभरका तीन सय बढी कर्मचारीहरू उपस्थित थिए ।
समारोहमा मल्होत्रा र सावर्थिया परिवारका सदस्यहरूका साथै केही अन्य विशेष पाहुनाहरु पनि उपस्थित भएको आईएमएस ग्रुपले जनाएको छ ।
समारोहमा विभिन्न ट्यालेन्ट शो र क्विजलगायत अन्य रमाइला गतिविधिहरु गराइएको थियो । उक्त अवसरमा वर्षका उत्कृष्ट कर्मचारीलाई विभिन्न अवार्डहरुबाट सम्मान गरिएको थियो ।
कम्पनीका अध्यक्ष मल्होत्रा भन्छन्, ‘यो हाम्रो विगत तीन दशकको स्मरणीय यात्राको उत्सव हो । हामी यहाँसम्म आइपुग्नुमा हाम्रा प्रत्येक सदस्यहरुको उत्तिकै योगदान छ । म सम्पूर्ण आईएमएस परिवारलाई उनीहरूको निरन्तर प्रयास, कडा परिश्रम, समर्पण र समर्थनको लागि धन्यवाद दिन चाहन्छु । म उत्साहका साथ भविष्यलाई हेर्छु र विश्वास गर्छु कि यो साथ र सहकार्य आगामी धेरै वर्षसम्म कायम रहनेछ ।’
उनी अगाडि भन्छन्, ‘आजको दिनसम्म आइपुग्दा आईएमएस ग्रुप हाम्रा संस्थापकहरूको उद्यमशीलताको भावनाद्वारा संचालित छ । जसले कम्पनीलाई निरन्तर नयाँ आयामहरू थप्न र द्रुत गतिमा विस्तार गर्न सक्षम बनाएको छ। आईएमएस ग्रुप विगत तीस वर्षमा बढ्दै गएको र विविधीकरण भएको छ । आईएमएस ग्रुपको ब्यानरमा रहेका कम्पनीहरूको संख्याबाट यो वृद्धि स्पष्ट रूपमा देख्न सकिन्छ।’