arrow

गुटेर्रेसद्वारा माली, गिनी, बुर्किना फासोमा संवैधानिक व्यवस्थाको आग्रह

logo
सिन्ह्वा,
प्रकाशित २०७९ वैशाख १९ सोमबार
antonio_guterres-us-general-secretary.jpg

कार । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले आइतबार साँझ माली, गिनी र बुर्किना फासोका अधिकारीहरूलाई जतिसक्दो चाँडो "संवैधानिक प्रक्रिया" मा फर्किन आग्रह गरेका छन्।

सेनेगलका राष्ट्रपति म्याकी सालसँगको पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रसंघका प्रमुखले भने ‘संवैधानिक प्रक्रियामा छिटो फर्कन तीन देशका अधिकारीहरूसँग वार्ता जारी राख्नु महत्त्वपूर्ण छ।'

उनले सहेल क्षेत्रको सुरक्षा अवस्थाको बारेमा पनि आफ्नो चिन्ता व्यक्त गर्दै "अफ्रिकी युनियनद्वारा लागू गरिएको र संयुक्त राष्ट्रसंघको समर्थनमा बलियो अफ्रिकी शान्ति स्थापना र आतङ्कवाद विरोधी अभियानहरू" जारी राख्ने वाचा  व्यक्त गरे। उनले सम्पूर्ण अन्तरराष्ट्रिय समुदायलाई पश्चिम अफ्रिकी देशहरूलाई समर्थन गर्न आह्वान गरेका छन् । 

गुटेरेस शनिबार साँझ डाकार पुगेका थिए। उनले नाइजर र नाइजेरियाको पनि भ्रमण गर्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ