arrow

युद्धका कारण बन्द किभस्थित दूतावास डेनमार्कले फेरि ल्यायो सञ्चालनमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १९ सोमबार
denmark-border-checkpoint.jpg

काठमाडौं । डेनमार्कले युक्रेनको कीभ स्थित आफ्नो दूतावास पुन खोलेको सोमबार डेनमार्कका विदेशमन्त्री जेप्पे कोफोडले बताएका छन् ।

'कीभ पहिलेको तुलनामा अहिले पूर्णतया फरक छ। यसको मतलब यो पनि हो कि युक्रेनको मुटु राजधानी कीभमा हाम्रो दूतावास र राजदूत राखेर हामीले युक्रेनेलाई प्रत्यक्ष रूपमा समर्थन र सहयोग गर्न सक्छौँ,' कोफोडले भनेका छन् ।

दूतावासको पुनस उद्घाटन समारोहमा भाग लिन मन्त्री कोफोड सानो प्रतिनिधिमण्डल लिएर कीभ पुगेका हुन् । यसबीच अर्कातिर डेनमार्कले आफ्ना नागरिकहरूलाई युक्रेनमा कुनै पनि यात्रा नगर्न आग्रह गरेको छ।

फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि कीभमा रहेको डेनमार्कको दूतावासले काम रोकेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ