arrow

रुसले विजय दिवस अर्थात् मे ९ मा युक्रेनयुद्ध समाप्त नगर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १९ सोमबार
sergey-lavrov-russia.png

काठमाडौं । रुसले मे ९ मा विजय दिवसको अवसरमा युक्रेनमा जारी युद्धसमाप्त भने नगर्ने भएको छ । इटालियन सञ्चारमाध्यमसँग कुरा गर्दै सर्गेई लाभरोभले मस्कोले आफ्नो तथाकथित 'विशेष सैन्य अपरेसन' लाई सन् १९४५ मा तत्कालीन सोभियत संघ लगायत सहयोगी सेनाहरूसमक्ष नाजी जर्मनीको आत्मसमर्पणको उत्सव मनाउने वार्षिकोत्सवमा समाप्त नगर्ने बताएका हुन् ।

दोस्रो विश्वयुद्धमा जर्मनीको सशस्त्र सेनाले बिना शर्त आत्मसमर्पण गरेको दिनलाई तत्कालीन सोभियत संघ र अहिलेका सोभियत मुलुकलगायतले विजय दिवस मान्ने गरेका छन् ।

'हाम्रो सेनाले कुनै पनि मितिमा कृत्रिम रूपमा आफ्नो कार्यहरू समायोजन गर्दैन, चाहे त्यो विजय दिवस नै किन नहोस्,' उनले भनेका छन् । 

'युक्रेनमा जारी अपरेशनको गति कम गर्ने कुरा सबैभन्दा पहिले नागरिक र रूसी सेनका लागि कुनै पनि जोखिम न्यूनीकरण गर्ने आवश्यकतामा निर्भर गर्दछ,' उनले अघि भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ