arrow

युक्रेनको द्वन्द्वले अफ्रिकामा सङ्कट

logo
सिन्ह्वा,
प्रकाशित २०७९ वैशाख २० मंगलबार
ukraine-attack-plight-.jpg

डाकार ।  युक्रेनका द्वन्द्वले अफ्रिकाका देशहरुमा आर्थिक तथा खाद्यान्न संकट देखा परेको संयुक्त राष्ट्रसंघले जनाएको छ । 

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सो कुरा बताएका हुन् ।  उनले भनेका छन्– युक्रेनमा पछिल्ला दिनहरुमा बढ्दै गएको द्वन्द्वका कारण अफ्रिकामा आर्थिक लगायतको समस्या परेको छ । 

उनले युक्रेनमा रुसले गरेको हमलापछि बढेको द्वन्द्वका कारण अफ्रिकी देशहरुमा खाद्यान्न, उर्जा र आर्थिक संकट परेको उल्लेख गर्नुभएको समाचारमा जनाइएको छ । 

महासचिव गुटरेसले पछिल्लो समयमा यस्तो संकट झनै बढ्दै गएको भन्दै यसलाई कम गर्नका लागि विश्वका दाता देशहरु, अन्तर्राष्ट्रिय संस्थाहरुलाई पनि आग्रह गरे । 

उनले यस्तो संकटको अवस्थामा कमी ल्याउन युक्रेन सहयोग समूह नै स्थापना भएको र यसमार्फत् पनि के कसो गर्न सकिन्छ भनेर तयारी भएको पनि बताएको समाचारमा जनाइएको छ ।

 रुसले युक्रेनमा आक्रमण गरेपछि विश्वमा तेलको समस्या उत्पन्न भएको बताइएको थियो ।  जसका कारणले पछिल्लो समयमा आर्थिक संकट मात्र नभएर खाद्यान्न लगायतको समस्या पनि उत्पन्न भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ