arrow

युद्धले थिचिएको युक्रेनमा भयंकर सडक दुर्घटनाः बस, कार र ट्रक ठोक्किँदा गयो थुप्रैको ज्यान 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २१ बुधबार
ukraine-attack-russia-trap-killed.jpg
तस्बिर– फाइल

काठमाडौं । पश्चिम युक्रेनमा भएको सवारी दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ । एउटा बस, कार र  इन्धन बोकेको ट्रकसँग ठोकिदा अन्य केही घाइते भएका छन् । आफ्नो दैनिक सम्बोधनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिम रिभ्निी क्षेत्रमा डरलाग्दो सडक दुर्घटना भएको बताए । 

‘बस, कार र इन्धन बोकेको ट्रक ठोकिएका छन् । अहिलेसम्म १७ जनाको मृत्यु भइसकेको छ । मृतकको संख्या अझै बढी हुन सक्छ’ जेलेन्स्कीले भने । मृतकका परिवारप्रति सहानुभूति प्रकट गर्दै उनले घाइतेहरूको शीध्र स्वास्थ्य लाभको कामना गरेका छन् । 

यता रुसले दुई महिना भन्दा बढी समयदेखि थालेको युक्रेनविरुद्धको युद्ध जारी छ । आगामी ९ मेमा रुसले युक्रेनविरुद्ध औपचारिक रुपमा युद्धको घोषणा गर्ने अमेरिकी कुटनीतिज्ञको दाबी छ । 

सन् १९४५ को दोस्रो विश्वयुद्धमा यसै दिन हिटलरले नाजी सेनालाई हराएका थिए । सोही दिनको रुपमा ९ मे मा रुसले युक्रेनमाथि औपचारिक रुपमा युद्धको घोषणा गर्न सक्ने विश्लेषण गरिएको हो । 

तर पोप फ्रान्सिसले भने ९ मेमा युद्ध रोकिने दाबी गरेका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध सकाउने योजना बनाएको बताएका हुन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ