arrow

रुसी तेल आयातमा पूर्ण प्रतिबन्ध लगाउने ईयूको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २१ बुधबार
europe-russia-gas.jpg

काठमाडौं । रुसको रक्षा मन्त्रालयले बुधबार युक्रेनमा विदेशी हतियार आउने बाटोका ६ वटा रेलवे स्टेसन भत्काएको दाबी गरेको छ । यस्तै रुसले ४ वटा गोलाबारुद डिपोसहित ४० वटा सैन्य अखडामा प्रहार गरेको समेत दाबी गरेको छ ।

यसबीच युरोपेली सङ्घले सन् २०२२ को अन्त्यसम्ममा रुसको तेल आयातमा प्रतिबन्ध लगाउने सहित रुसमाथि छैटौँ चरणको प्रतिबन्धको प्रस्ताव सार्वजनिक गरेको छ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयनले ईयूका सदस्यहरूलाई छ महिनाभित्र कच्चा तेल र वर्षको अन्त्यसम्ममा प्रशोधित उत्पादनहरू बन्द गर्न आग्रह गरेकी हुन्।

कीभले मस्कोले युक्रेनमा आफ्नो सहयोगी बेलारुसको सशस्त्र सेनालाई कुनै पनि समयमा प्रयोग गर्न सक्ने सम्भावना रहेको भन्दै चेतावनी दिएको छ । बेलारूसी सशस्त्र बलहरूले ठूलो मात्रामा अभ्यास सुरु गरेपछि बोल्दै एन्ड्रि डेमचेन्कोले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

युक्रेनमाथि रुसी आक्रमणलाई लिएर सो क्षेत्रमा अस्थिरता र चिन्ता बढेसँगै ईयूले मोल्डोभालाई थप सैन्य सहयोग प्रदान गर्ने तयारी सुरु गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ