arrow

चौधरी ग्रुपले नेपालमा भित्र्यायो विश्व प्रसिद्ध ब्राण्ड 'माइडिया'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २१ बुधबार
midea.jpg

काठमाडौं । विश्व प्रसिद्ध इलेक्ट्रोनिक्स ब्राण्ड माइडिया औपचारिकरुपमा नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि आधिकारीक बिक्रेता बन्दै चौधरी ग्रुपले माइडियाका उत्पादनहरु नेपाली बजारमा ल्याएको हो ।

सन् १९६८ मा स्थापना भएको साना घरेलु उपकरणहरु उत्पादन गर्ने माइडियाको बजार अहिले विश्वका १९५ भन्दा बढी देशमा फैलिएको छ । विश्वभरका ती देशहरुमा १ लाख ५० हजार भन्दा बढी कर्मचारी रहेको माइडियाले सन् २०२० मा करिब ४४ अर्ब अमेरिकी डलरको आम्दानी गरेको थियो ।

अत्याधुनिक प्रविधिमा आधारित रहेर स्मार्ट घरेलु उपकरणहरु समेत उत्पादन गरिरहेको माइडियाले चौधरी ग्रुपमार्फत नेपालमा एयर प्युरिफायर, एयर ड्रायर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन हब, राइस कुकर, गार्मेन्ट स्टीमर, स्ट्यान्ड फ्यान, फुड प्रोसेसर, ह्यान्ड मिक्सर, ह्यान्ड ब्लेन्डर, केट, मीट मिनसर, टोस्टर, फ्यान हिटर, पीटीसी रिामिक हिटर, ओ एफ आर हिटरलागयतका उपकरणहरु यसअघि नै नेपाली बजारमा भित्र्याइसकेको छ ।

२ वर्षसम्मको ग्यारेन्टि, गुणस्तर एवं उत्कृष्ट सेवाका साथ नेपाली बजारबाट सकारात्मक प्रतिक्रिया पाएको माइडियाले बुधबार अर्थात बैशाख २१ गते चौधरी ग्रुपलाई औपचारिक रुपमा नेपालका लागि बिक्रेता घोषणा गर्दै आफ्ना थप उत्पादनहरु नेपाली बजारमा ल्याएको हो । चौधरी ग्रुपले सन् २०२१ देखि नै माइडिया ब्राण्डका उत्पादनहर देशभर उपलब्ध गराउँदै आएको छ ।

माइडियाले नेपालमा किचेन एप्लायन्समा बार्बिक्यु,  फ्री स्ट्याण्डिङ ओभन, माइक्रोवेभ ओभन, टोस्टर ओभन, ब्यागलेस, ड्रम, वेट एण्ड ड्राइ भ्याकुम क्लिनरहरु, वासिङ मेसिन, वासर ड्रायर, रेफ्रिजेरेसन लगायतका उत्पादनहरु उपलब्ध गराउने भएको छ ।

माइडियाका दक्षिण एसिया व्यापार कार्यालयका प्रमुख एको झाङले नेपाली उपभोक्ताहरुलाई उन्नत प्रविधि र उच्च गुणस्तरका उत्पदानहरु प्रदान गर्न पाउँदा खुशी लागेको बताएका छन् ।

माइडियाले नेपाली बजारमा औपचारिकरुपमा प्रवेश गर्दै उत्पादनहरु सार्वजनिक गर्न बुधबार आयोजना गरेको कार्यक्रममा भिडियो  सन्देशमार्फत झाङले भनेका छन्, 'यस समारोहमा तपाईहरु माझ सहभागी हुन पाउँदा हामी धेरै नै खुशी छौं र नेपाली उपभोक्ताहरुलाई उन्नत प्रविधि, उच्च गुणस्तरका उत्पादनहरु र उत्कृष्ट सेवाहरु प्रदान गर्न हामी सँगसँगै उभिन पाउँदा खुशी छौं।'

माइडिया ब्राण्ड माइडिया ग्रुप अन्तर्गतको घरेलु उपकरण व्यवसाय भित्रका १० भन्दा बढी ब्राण्डहरु मध्येको एक हो । सन् २०२१ को ग्लोबल फर्च्युनमा ५०० मध्ये २८८ औं स्थानमा रहन सफल माइडिया उच्च प्रविधिका क्षेत्रमा विश्वव्यापी अग्रणी कम्पनी हो ।

माइडियाले घरेलु प्रायोजनाका आधुनिक उपकरणहरु भन्दा बाहिर एचभीएसी, रेबोटिक्स, अटोमेसन, स्मार्ट होम, आईओटी, स्मार्ट लजिस्टिक एवं कम्पोनेन्टलगायतका क्षेत्रमा समेत अग्रता हासिल गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ